क्याराबिन प्रिमियर लिग(सीपीएल) मा नेपालका लेग स्पीनर सन्दीप लामिछाने आवद्ध टोली जमैका तलावाज सेमिफाइनमा पुगेको छ । खेल वर्षाका कारण अवरुद्ध भएपनि पछ्याइरहेको टोलीको हारपछि जमैका सेमिफाइलनमा पुग्न सफल भएको हो ।

शुक्रबार बिहान भएको खेलमा गुयाना अमेजन वारियर्सले बार्बाडोस ट्रिडेन्ट्सबीचको खेलमा बार्बाडोस पराजित भएपछि जमैकाले २ खेल बाँकी छँदै समेमिफाइनलमा स्थान बनाएको हो ।

८ खेल खेलेको जमैकाको ७ अंक बनाएको छ । तालिकाको चौथो स्थानमा छ । लिग चरणका एक–एक खेल मात्रै खेल्न बाँकी रहेका बाबौडोज ट्रिडेन्सको ४ र सेन्ट किट्सको ३ अंक मात्रै छ । यी दुवै टोलीले बाँकी एक खेल निते पनि ६ र ५ अंक मात्रै हुने भएपछि जमैका दुई खेल नखेल्दै सेमिफाइनलमा पुगेको हो ।

यो सँगै सिपिएलको सेमिफाइनल पुग्ने चारै टोलीको टुङ्गो लागेको छ । ट्रिन्बागो नाइटराइडर्स, गुयाना अमेजन वारियर्स, सेन्ट लुसिया जुक्स र जमैका तलावाजले सेमिफाइनमा स्थान बनाएका छन्।

सन्दीपले सीपीएलका यस सिजनका ७ खेलमा बलिङ गर्दा १० विकेट लिन सफल भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया