मन्थलीका मेयर रमेश बस्नेतलाई जापानबाट प्रकाशको खुल्ला पत्र

 

मेयर साब नमस्कार,
केहि दिन अघि स्थानीय समाचारमा मन्थली नं पा भित्र करौडौको लगानीमा सुबिधा सम्पन्न पौडी पोखरी बन्ने समाचार पढ्न पॉए कताकता मनमा शीतलता पनि छायो। फेरि त्यहि न.पा भित्र बर्षौ देखि पानी चोरी हुने डरले चाबी लगाउने गरेको भन्ने समाचार पढेपछि मन दुखी भयो। मेयरसाब हजुरलाई धेरैले विकासप्रेमी भनेर चिन्दछन।स्थानिय स्तरमा र जिल्लामा चिर परिचित नाम र अनुहार हो हजुरको। 


मेयर साब तपॉई न.पा.भित्रका वडा सररररर नियाल्नुस त,… दैनिक ट्याक्टरमा बोकेर पानी किनबेच भैराखेको छ। अधिकांस ठॉउमा तामाकोशीबाट लिफ्ट सिस्टममा पानी तान्ने काम पनि भाराखेको छ।कतिपय योजनाहरु बजेट अभावमा स्थगित र अलपत्र परेका छन।सर्वसाधारणको गाग्री रित्तिएका छन, ऑत सुकेको छ। मेयर साब यो समयमा पौडी पोखरी या गाग्रीमा पानी कुन पहिलो प्राथमिकतामा पर्छ हजुरनै छुट्याईस्योस । जहॉ जे कुराको आवश्यक छ त्यो निर्माण गर्नुपर्छ ।समय ठॉउ अनुसार हरेक कुराको माग पनि फरक हुने गर्दछन् ।

करौडौ ख़र्च केहि व्यक्ति विशेष लक्षित गरेर पौडी पोखरीमा ढुकुटी खन्याउनु कति उपयुक्त होला त मेयर साब???हजुरले उठ्ने बितिक्कै दैनिक नियालिरहुनु भएको छ आकाशे गडवारी होस या मन्थलीका अधिकांस उर्बर भूमि सिंचाईको अभावमा ज़मीन चिराचिरा परेको छन। किसानहरु हातमुख जोर्ने चिन्ताले चिन्तित छन।पारी हेर्नुस त बडिमान तिर खानेपानीको अभावमा सबै बस्ती नदि छेउमा अस्थायी बसोबास गरिरहेका छन।

अव यता आउनुस भलुवाजोर कुभिण्डे बेतिनी तिर बर्षौ भयो पानीको अभाव झेलेको केहि योजना फटाहाहरुले अलपत्र पारेर छाडेका छन।जनतालाई काकाकुलको अवस्था सिर्जना गर्नेको ढाड भॉच्नुहोस न मेयर साब।सिम्पानी तिरको भो कुरै नगरौ पानी चोरी हुने डरले धारामा बर्षौ भयो चॉबी लागेको मेयरसाब भटौलीको कथा त्यस्तै छ।टोलटोलमा पानीको मुहान सुकेर बस्ती बिस्थापित भैसके १ गाग्री पानी लिन फाटेको चप्पलले घण्टौ हिड्नुपर्छ।फेरि सजिलै भर्न कहॉ पाइन्छ र? चारैतिर यस्तो दयनीय अबस्था छ ।

यो समयमा पौडी पोखरीको कति आवश्यकता होला त मेयर साब??? कति घरपरिवार समाज टोल यो पौडी पोखरीबाट लाभान्वित हुन्छन त मेयर साब? केहि धनाड्य गर्मी छल्न रमाईलो गर्न त आउलान त्यो आफ्नै ठॉउमा छ । जो खानेपानीकै अभावमा तिर्खाएर छट्पटाएर बसेको त्यता नियाल्नुस मेयरसाब ~~

प्रकाश बुढाथोकी
मन्थली रामेछाप
हाल जापान, टोकीयो

सिफारिस

हनुमानढोकामा सामूहिक कुमारी पूजा (तस्वीरहरू)

काठमाडौं - इन्द्रजात्राको दोस्रो दिन काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा गरिएको छ। पास्नी गरिसकेका तर ईही (बेल विवाह) नगरेका २ देखि ८ वर्ष...

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा विराटनगरमा सम्पन्न ‘ड्रिम टु प्ले’ यू–२३ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि...

हनुमानढोकामा इन्द्रजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका अगाडि बुधबार इन्द्रध्वजासहितको लिङ्गो ठड्याएसँगै काठमाडौं उपत्यकाको प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा विधिवत् सुरु भएको छ। भाद्र शुक्ल द्वादशीका दिनदेखि आठ...

भर्खरै

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी...

हनुमानढोकामा इन्द्रजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका अगाडि बुधबार इन्द्रध्वजासहितको लिङ्गो...

प्रधान सेनापतिद्वारा बढुवा भएका ४ उच्च सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं -— नेपाली सेनाका प्रधान सेनापति महारथी श्री अशोक...

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३००...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

धेरै पढिएको