मन्थलीका मेयर रमेश बस्नेतलाई जापानबाट प्रकाशको खुल्ला पत्र

 

मेयर साब नमस्कार,
केहि दिन अघि स्थानीय समाचारमा मन्थली नं पा भित्र करौडौको लगानीमा सुबिधा सम्पन्न पौडी पोखरी बन्ने समाचार पढ्न पॉए कताकता मनमा शीतलता पनि छायो। फेरि त्यहि न.पा भित्र बर्षौ देखि पानी चोरी हुने डरले चाबी लगाउने गरेको भन्ने समाचार पढेपछि मन दुखी भयो। मेयरसाब हजुरलाई धेरैले विकासप्रेमी भनेर चिन्दछन।स्थानिय स्तरमा र जिल्लामा चिर परिचित नाम र अनुहार हो हजुरको। 


मेयर साब तपॉई न.पा.भित्रका वडा सररररर नियाल्नुस त,… दैनिक ट्याक्टरमा बोकेर पानी किनबेच भैराखेको छ। अधिकांस ठॉउमा तामाकोशीबाट लिफ्ट सिस्टममा पानी तान्ने काम पनि भाराखेको छ।कतिपय योजनाहरु बजेट अभावमा स्थगित र अलपत्र परेका छन।सर्वसाधारणको गाग्री रित्तिएका छन, ऑत सुकेको छ। मेयर साब यो समयमा पौडी पोखरी या गाग्रीमा पानी कुन पहिलो प्राथमिकतामा पर्छ हजुरनै छुट्याईस्योस । जहॉ जे कुराको आवश्यक छ त्यो निर्माण गर्नुपर्छ ।समय ठॉउ अनुसार हरेक कुराको माग पनि फरक हुने गर्दछन् ।

करौडौ ख़र्च केहि व्यक्ति विशेष लक्षित गरेर पौडी पोखरीमा ढुकुटी खन्याउनु कति उपयुक्त होला त मेयर साब???हजुरले उठ्ने बितिक्कै दैनिक नियालिरहुनु भएको छ आकाशे गडवारी होस या मन्थलीका अधिकांस उर्बर भूमि सिंचाईको अभावमा ज़मीन चिराचिरा परेको छन। किसानहरु हातमुख जोर्ने चिन्ताले चिन्तित छन।पारी हेर्नुस त बडिमान तिर खानेपानीको अभावमा सबै बस्ती नदि छेउमा अस्थायी बसोबास गरिरहेका छन।

अव यता आउनुस भलुवाजोर कुभिण्डे बेतिनी तिर बर्षौ भयो पानीको अभाव झेलेको केहि योजना फटाहाहरुले अलपत्र पारेर छाडेका छन।जनतालाई काकाकुलको अवस्था सिर्जना गर्नेको ढाड भॉच्नुहोस न मेयर साब।सिम्पानी तिरको भो कुरै नगरौ पानी चोरी हुने डरले धारामा बर्षौ भयो चॉबी लागेको मेयरसाब भटौलीको कथा त्यस्तै छ।टोलटोलमा पानीको मुहान सुकेर बस्ती बिस्थापित भैसके १ गाग्री पानी लिन फाटेको चप्पलले घण्टौ हिड्नुपर्छ।फेरि सजिलै भर्न कहॉ पाइन्छ र? चारैतिर यस्तो दयनीय अबस्था छ ।

यो समयमा पौडी पोखरीको कति आवश्यकता होला त मेयर साब??? कति घरपरिवार समाज टोल यो पौडी पोखरीबाट लाभान्वित हुन्छन त मेयर साब? केहि धनाड्य गर्मी छल्न रमाईलो गर्न त आउलान त्यो आफ्नै ठॉउमा छ । जो खानेपानीकै अभावमा तिर्खाएर छट्पटाएर बसेको त्यता नियाल्नुस मेयरसाब ~~

प्रकाश बुढाथोकी
मन्थली रामेछाप
हाल जापान, टोकीयो

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको