पाक्नै लागेको धानमा रोग लागे पछि किसान चिन्तित

डम्बर निदाल

डडेल्धुरा – पाक्नै लागेको धानमा रोग लागे पछि यहाँका किसानहरु चिन्तीत भएका छन् । धानका बाला समेत सुक्दै गएका छन । धानका पात सहित बाला जती सबै सुकेका छन । अमरगढी नगरपालिका–५ जिलोडा गाउँका किसानले सयौ रोपनीमा लगाएको धानबाली नष्ट हुने भएको छ ।

बेलैमा प्राबिधिक लाई खबर नगर्दा पाक्नै लागेको धानमा रोग लागे पछि डडेल्धुराका स्थानीय किसानका धानका बाला सुक्दै गएका छन । धानका पात सहित बाला जती सबै सुकेर जाँदा सम्म पनि स्थानीय किसानले सम्बन्धित निकायमा सम्पर्क नगर्दा यस वर्षको धानखेती परालमा परिणत हुने देखिएको छ ।
गाउँबस्तीका किसानले सयौ रोपनीमा लगाएको धानबाली धानको बिउ उन्नत नभएर हो या उपचार नपाएर हो अनभिज्ञता र लापरवाहीका कारण परिश्रम खेर मात्र नगई भोकमरी हुने संभावना बढेर गएको छ ।

किसानले बेलैमा उपचार र प्राबिधिक संग सम्पर्क नगर्दा धानबालीको बोट र लक्षण हेर्दा ब्लाष्ट रोग लागेकोले धानबाली नष्ट हुने भएको अमरगढी कृषि शाखा प्रमुख तथा कृषि प्राविधिक रमेश भण्डारीले बताए ।
किसानका खेतमा पुगेर धान लगाएको खेत हेर्दा रोगले गृस्त छ कृषि पविधिक भण्डारीले बताए । गाउँलेहरु कसैले पनि गुनासो नगरेका कारण नगरपालिका कार्यालयको मुनी रहेको जिलोडा गाउँमा रोगका कारण धान सुकेको जनाए । बेलैमा किसानले खबर गरेको भए बिषादी छर्केर जोगाउन सकिने थियो । उनले भने, अहिले बोट र बाला सबै मरि सकेको छ । त्यसैले धानमा बाला नै नलागी सुकेको हो । यो रोग बाट बाली जोगाउन बिउ राम्रो लगाउनु पर्ने उनकोे भनाई छ ।
विगत दुई तिन वर्षदेखि जिलोडाका किसानले लगाउने धानमा रोग देखिएको स्थानीय बताउछन् ।

जंगली जनावर बंदेलले मकैबाली सखाप पार्न थालेपछि धान खेती गर्दै आएको स्थानीयले गणेश पाठकले बताए । तर धानमा पनि समस्या देखिएकाले उत्पादन नहुने हुनाले भोकमरीको समस्या हुन सक्ने उनको भनाई छ । उन्नत जातको धान नरोप्नु, बर्षौंसम्म एउटै बिउ रोप्नु र बिउ उपचार गरेर नरोप्ने परम्पराका कारण धान खेतीमा रोग देखिएको कृषि बिज्ञको भनाई छ ।
बिउको जात दुई तीन वर्षमा परिवर्तन गर्नु पर्ने बिउ उपचार गरेर रोप्ने, बिउ परिवर्तन गरेर रोपे यसको व्यवस्थापन गर्न सकिने र रोग अवरोधका बिउ समेत पाईने भएकाले मुख्य तया बिउ रोप्दा ध्यान पु¥याउनु पर्ने कृषि प्राविधिकको भनाई छ ।

जिलोडाका किसानहरुले विगतका वर्षमा पनि धान सुक्ने समस्या देखिएको भएता पनि किसानहरुले ख्याल नगरि रोगलागेकै धानको बिउ यो वर्ष पनि रोपेकाले यस्तो समस्या आएको खुल्न आएको छ । पुरानै धानको बिउ लगाउने गरेकाले बर्षेनि यो समस्या देखिन थालेको कतिपयको भनाइ छ ।

सिफारिस

कात्तिक २६ देखि दोस्रो गुरुकुलम इन्टर स्कुल फुटसल च्याम्पियनसिप हुने 

काठमाडौं - द गुरुकुलम स्कुलको आयोजनामा दोस्रो गुरुकुलुम इन्टर स्कुल फुटसल च्याम्पियनसिप कात्तिक २५ गतेदेखि सुरु हुने भएको छ । च्याम्पियनसिप सितापाइलास्थित द गुरुकुलुम स्कुलको...

विराटनगरमा पर्यटन फोटो पत्रकारिता तालिम सुरु

विराटनगर - कोशी प्रदेशको राजधानी विराटनगरमा क्यामरेको लेन्सबाट पर्यटनको कथा लेख्‍न सिकाउने उद्देश्यले मंगलबारदेखि दुई दिवसीय पर्यटन फोटो पत्रकारिता तालिम सुरु भएको छ ।...

दोस्रो संस्करणको एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन लागेको दोस्रो संस्करणको एनपीएलको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

विराटनगरमा पर्यटन फोटो पत्रकारिता तालिम सुरु

विराटनगर - कोशी प्रदेशको राजधानी विराटनगरमा क्यामरेको लेन्सबाट पर्यटनको...

दोस्रो संस्करणको एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको...

फर्पिङमा ऐतिहासिक कार्तिक नाच सम्पन्न (तस्वीरहरू)

काठमाडौँ - यस वर्षको फर्पिङ कार्तिक नाच हर्षोल्लासका साथ...

मनाङमा हराएका भारतीय पर्यटकको शवलाई सदरमुकाम ल्याउँदै सेना

मनाङ – करिब तीन सातादेखि बेपत्ता रहेका भारतीय पर्यटक...

काठमाडौं फोटोग्राफर संघको अध्यक्षमा घिमिरे निर्वाचित

काठमाडौं - काठमाडौं फोटोग्राफर संघको अध्यक्षमा आनन्द प्रभाकर घिमिरे...

दृष्टिविहिन महिला वर्ल्डकप टि-२० क्रिकेटको अम्पायरमा नेपालका रबिन्द्र गुप्ता नियुक्त

नेपाली राष्ट्रिय क्रिकेट अम्पायर रबिन्द्र गुप्ता दृष्टिविहिन महिला टि-२०...

धेरै पढिएको