अविवाहित महिला विश्वका सबैभन्दा खुसी मानिस

एजेन्सी। एक नयाँ वैज्ञानिक अनुसन्धानले बालबच्चा नभएका अविवाहित महिलाहरु विश्वका सबैभन्दा खुसी मानिसमा पर्ने देखाएको छ । शीर्ष मनोविश्लेषकहरुको नेतृत्वमा गरिएको अध्ययनपछि यस्तो निष्कर्ष निकालिएको हो।

एक्लो जीवन बिताइरहेका र बालबच्चा नभएका महिलाहरु घरेलु जिम्मेवारीको बोझ उठाइरहेका आफ्ना साथीहरुको तुलनामा अधिक स्वस्थ र लामो जीवन जीउने गरेको वेल्सस्थित प्रोफेसर डोलानले बताएका हुन् ।

डोलान ‘लन्डन स्कुल अफ इकोनोमिस्क’ मा यवहारिक विज्ञानका शीर्ष विश्लेषक हुन् । यस्तोमा सबैभन्दा पछिल्लो डाटाले पनि ‘खुसी रहन र सुखी जीवन बिताउन विवाह र मातृत्व जस्ता सामाजिक सफलताका पारम्परिक उपाय नै अपनाउनु पर्छ भन्ने जरुरी नभएको’ संकेत गरेको उनले बताए । यी विषयहरु खुसी जीवनको स्तरसँग सम्बन्धित नहुन पनि सक्ने उनको भनाइ छ ।

उनका अनुसार एक्लो रहनु सम्बन्धी समाजको नकारात्मक धारणाले गर्दा नै आज धेरै महिलाहरु बेखुसी छन् । उनले धेरै अभिभावकहरुसँगको आफ्नो खुलस्त अन्र्तक्रिया र विवाहबारे सामान्य अवस्थामा अध्ययन गरेपछि यस्तो तथ्य फेला पारेको बताएका हुन् । यसरी महिलाहरुमा एक्लो जीवन बिताउनुका फाइदाबारे यो पहिलोपटक उल्लेख गरिएको होइन । यसअघि पनि मनोविश्लेषकहरुले यस विषयमा प्रकाश पारिसकेका छन्।

केही समय अगाडि मात्र इतिहास विद् डाक्टर बब निकोल्सनले १८८९ को टिट–बिट्स म्यागजिनको कपी ट्वीटरमा पोस्ट गरेका थिए जुन १९ औँ शताब्दीमा एक्ला महिलाहरुले कस्तो महसुस गरिरहेका छन् भन्नेबारे रहेको थियो । यसमा ‘तपाईँ उमेर कटिसकेपछि पनि किन एक्लो हुनुहुन्छ ?’ भन्ने प्रश्न गरिएको थियो । जसको जवाफमा त्यस बेलाका थुप्रै महिलाहरुले आफू एक्लो जीवनमै धेरै रमाउने गरेको भन्ने जस्ता टिप्पणी दिएका छन् ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको