इन्द्रजात्राको धार्मिक विधि पूरा, फूल-प्रसाद राष्ट्रपति समक्ष लगियो

काठमाडौं – प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिनदेखि आश्विन कृष्ण चौथीका दिनसम्म मनाइने इन्द्रजात्राको फूल-प्रसाद राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लगिएको छ ।

इन्द्रध्वजपातन अर्थात् इन्द्रजात्राको लिङ्गो ढालेपछि राष्ट्राध्यक्षले श्रीकुमारीको दर्शन गर्ने परम्परा भए पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण क्षमापूजा गरी फूल, प्रसाद राष्ट्रपति कार्यालयमा लगिएको गुठी संस्थान काठमाडौँ शाखाका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए ।

भाद्र शुक्ल चतुर्दशीदेखि आजसम्म धार्मिक कृत्य गरिने सबै मठमन्दिरमा क्षमापूजा गरी विधि पूरा गरेर फूल, प्रसाद राष्ट्रपति कार्यालयमा लगिएको बताइएको छ । जात्राका अवसरमा वसन्तपुर दरबार क्षेत्रमा देखाइने लाखे, दश अवतार लगायत नाच पनि यस वर्ष हुन सकेन । इन्द्रजात्रामा हनुमानढोका दरबार क्षेत्रमा श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको पूजा गरी रथयात्रा गरिने प्रचलन थियो । राजधानीका हजारौँ मानिस हनुमानढोका दरबार क्षेत्रमा उपस्थित भएर एक हप्ता भन्दा लामो समय इन्द्रजात्रा पर्व मनाउँथे ।

भाद्र शुक्ल चतुर्दशीका दिनदेखि आश्विन कृष्ण चौथीका दिनसम्म हनुमानढोका क्षेत्रका टोलटोलमा घुमाइने रथयात्रामा घरघरबाट पूजा सामग्री ल्याई चोकचोकमा पूजा आराधना गरिन्थ्यो । गणेश, कुमारी र भैरवको रथ घुमाइने यात्रा यस वर्ष स्थगन गरिएपछि इन्द्रसहित तीनै देवताको पूजाराधना घरघरमै गरिएको छ । विसं १८२५ मा इन्द्रजात्राकै अवसर पारेर गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँमा आक्रमण गरेको ऐतिहासिक तथ्य छ । त्यस वर्षसमेत इन्द्रजात्राको रथयात्रा रोकिएको थिएन । यस वर्ष भने कोरोनाको महामारीका कारण यो परम्परा रोकिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा भएको जिल्ला सुरक्षा समितिको बैठकले पनि जात्रा, चाडपर्व मनाउँदा भीडभाड नगर्ने निर्णय गरेको थियो । यस वर्ष रातो मच्छिन्द्रनाथको जात्रासमेत आइतबारदेखि मात्र शुरु भएको छ ।

भाद्र शुक्ल द्वादशी अर्थात् भदौ १४ गते बिहान ७ः०७ बजे नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा इन्द्रध्वजोत्थान नगरिएपछि मानन्धर समूहले इन्द्रध्वजोत्थान गरिने हनुमानढोका दरबार क्षेत्रमा क्षमापूजा गरेको थियो । काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भदौ ३ गते रातिदेखि निषेधाज्ञा जारी गरिएपछि यस वर्ष इन्द्रध्वजोत्थानका लागि रुखसमेत काटिएको थिएन । समितिले भदौ ४ गते इन्द्रजात्राको लिङ्गोका लागि रुख काट्ने साइत राति ९ः२५ बजेको दिएको थियो ।

भदौ ३ गते काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपछि लिङ्गो नकाटिएको संस्थानले जनाएको छ । इन्द्रजात्रा राजधानीका नेवार समुदायले महत्वका साथ मनाउने गरेका छन् ।रासस

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको