काठमाडौँ- नेपालमा थप ९७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमित हुनेको संख्या ४७२३६ पुगेको छ। पछिल्लो २४ घण्टामा ९२१८ जनाको पिसिआर परीक्षण गरिएको छ।
काठमाडौं उपत्यकामा मात्रै थप ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै आजै थप १७३६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। योसंगै कोरोना भाइरस निको भएर घर फर्किनेको संख्या ३०६७७ पुगेको छ।
संक्रमितहरू सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।
