काठमाडौँ- नक्कली प्रेस कार्ड बनाएर बेच्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले बागबजारबाट तीन जनालाई पक्राउ गरेको हो।
उनीहरूबाट प्रहरीले २५ वटा नक्कली प्रेस कार्ड समेत बरामद गरेको छ। प्रहरीले पक्राउ परेका व्यक्तिहरूको नाम भने सार्वजनिक गरेको छैन।
उनीहरूले प्रतिप्रेस कार्ड ५ सय रूपैयाँ भन्दा बढीमा बेच्ने गरेका थिए। उनीहरूको कार्यालयबाट प्रहरीले ल्यापटप र प्रिन्टरहरू बरामद गरेको छ।