काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य केही घटेको छ । आज ३०० रुपियाँले घट्दै सुन ९५ हजार ८ सयमा कारोबार भइरहेको छ ।
शुक्रबार सुनको मूल्य प्रतितोला ९६ हजार ४ सयमा कारोबार भएको थियो । आइतबार तोलामा ३ सयले घट्दै सुन ९६ हजार १ सयमा कारोबार भयो । सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको सुन आज भने ३ सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९५ हजार ३ सय निर्धारण गरिएको छ ।
त्यस्तै, चाँदीको मूल्यमा १० रुपैयाँ घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १३१० कायम रहेको महासंघले जनाएको छ ।