काठमाडौं- काठमाडौं उपत्यकामा थप ३९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौंका ३०० जना, भक्तपुरका ५८ जना र ललितपुरका ३८ जनामा कोरोना संक्रमण देखिएको हो। पछिल्लो २४ घण्टामा १०६११ जनाको पिसिआर परीक्षण गरिएको छ।
त्यस्तै हिजो पनि काठमाडौँ उपत्यकामा ३२६ जनामा संक्रमण देखिएको थियो।
काठमाडौँ उपत्यकामा कोरोना संक्रमण तिब्र रुपमा बढिरहेको छ। पछिल्लो समय उपत्यकामा कोरोना संक्रमण बढ्दै गएकाले जोखिम कम गर्न निषेधाज्ञा गरिएको छ।
