काठमाडौँ- नेपालमा थप १४५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमित हुनेको संख्या ५१९१९ पुगेको छ। पछिल्लो २४ घन्टामा १०७०१ जनाको कोरोना परिक्षण गरिएको छ।
त्यस्तै आजै थप ९७२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। योसंगै कोरोना भाइरस निको भएर घर फर्किनेको संख्या ३६६७२ पुगेको छ।
संक्रमितहरू सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।
