कक्षा १२ का विद्यार्थी खोज्दै परीक्षा बोर्ड, कहिले होला परीक्षा ?

काठमाडौँ – कक्षा १२ मा अध्ययनरत विद्यार्थीले आफू बसोबास गर्ने सबैभन्दा नजिकैको विद्यालयबाट परीक्षा दिन पाउने भएका छन् । कोरोना भाइरसको सङ्क्रमणका कारण गत वैशाख महिनामा स्थगित कक्षा १२ को परीक्षा सञ्चालन गर्ने क्रममा सबैभन्दा उत्तम विकल्पका रूपमा विद्यार्थीलाई पायक पर्ने नजिकैको विद्यालयबाट परीक्षा दिने गरी तयारी थालिएको हो ।

कोरोनाका कारण आफूू अध्ययन गरेको सहर बजारका विद्यालयबाट विद्यार्थी गाउँघर पुुगेकोले घर पायकको विकल्प पनि सोच्न लागिएको हो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले कक्षा १२ को स्थगित परीक्षा सञ्चालनका लागि एउटा राम्रो विकल्पका रूपमा यो मोडललाई समेत हेरिएकाले विद्यार्थीको विवरण लिन सुरु गरिएको जानकारी दिए ।

विद्यार्थी खोज्न थालियो
बोर्डले कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुन परीक्षा फाराम भरेका विद्यार्थीमध्ये के कति विद्यार्थी महामारीका कारण हाल आफू अध्ययन गरेको विद्यालय रहेको ठाउँ (जिल्ला) भन्दा फरक जिल्ला या स्थानमा बसोबास गरिरहेका छन् भन्ने विवरण बोर्डले सङ्कलन गर्दैछ । सरकारले तत्काल परीक्षा सञ्चालनका लागि अनुमति दिएको अवस्थामा यस खालको तयारी गर्न समयले नपुग्ने भएकोले अहिलेदेखि नै गृहकार्यमा लागिएको बोर्डका अध्यक्ष पौडेलले जानकारी दिए ।

यसबाट कुन विद्यार्थी कुन जिल्ला, नगर या वडामा बसोबास गरेको छ भन्नेसम्मको कुरा पत्ता लाग्ने र परीक्षा लिन सहज हुने जनाइएको छ । परीक्षाको उत्तरपुस्तिका, प्रश्नपत्र, परीक्षा केन्द्रको छनोट लगायतको प्रबन्धका लागि पनि विद्यार्थीको वास्तविक अवस्था पत्ता लगाउनुपर्ने अवस्था रहेको जनाइएको छ । यस विषयको जानकारी बोर्डका प्रदेश कार्यालयलाई गराउन विद्यालयल(ाई आग्रह गरिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन् ।

सिफारिस

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

भर्खरै

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

धेरै पढिएको