नेपाल प्रहरीले पालना गर्नु पर्ने आचार संहिता सम्बन्धी कार्यादेश-२०७७ सार्वजनिक

काठमाडौँ – नेपाल प्रहरीका कर्मचारीहरूले पालना गर्नुपर्ने आचार संहिता सम्बन्धी कार्यादेश-२०७७ सार्वजनिक भएको छ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमबीच उक्त कार्यादेश सार्वजनिक गरेका हुन्।

साथै नेपाल प्रहरी कार्ययोजना-२०७७ को ‘इम्पलिमेन्टेसन ट्रयाकिङ सफ्टवेयर’ पनि सञ्चालन भएको छ।  कार्यक्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले निर्माण भएका कार्यादेश र निर्देशिकाहरूले संगठनलाई सही मार्गमा लैजान दूरगामी रुपमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे।

कार्यादेशमा जनसम्पर्क तथा भेटघाटसम्बन्धी व्यवहार, अनुशासन र भाइचारा, कानुनको पालना, सञ्चार माध्यमसँगको सम्बन्ध, पोसाकप्रतिको व्यवहार, राष्ट्रिय झन्डाप्रतिको सम्मान, सलामीसम्बन्धी व्यवस्था र सम्मान तथा भान्छामा गरिनुपर्ने व्यवहारलगायतलाई स्पष्ट पारिएको छ ।

प्रस्तुत कार्यादेशको फलोअप गर्दै जानुपर्नेमा जोड दिँदै उनले यसले प्रहरीको छविलाई थप राम्रो बनाउन मद्दत पुर्‍याउने विचार व्यक्त गरे।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी संगठनमा व्यवसायिकता नै मुख्य भएकोले सडकमा समेत व्यवसायिकता देखिने गरी काम गर्न उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिए। सबैको साझा शत्रुको रुपमा कोभिड-१९ लाई लिई यसको नियन्त्रणमा लाग्नु पर्नेमा उनले जोड दिए।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु र प्रदेश प्रहरी प्रमुखहरुको भर्चुअल्ली उपस्थिति रहेको थियो।

सिफारिस

गाभिए मन्त्रालय, राखियो नयाँ साइन बोर्ड तस्विरहरु)

सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित संघीय मन्त्रालयहरूको संख्या घटाउँदै १८ मन्त्रालय कायम गरेको छ । नयाँ मन्त्रालय बनेसँगै सिंहदरबारमा साइनबोर्ड...

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आजदेखि सुरु, कति खेलाडी छन् सहभागी ? (तस्वीरहरू)

काठमाडौँ - नेपाली सेनाको आयोजना प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आजदेखि सुरु भएको छ । नेपाली सेनाका बलाधिकृत रथी प्रदीप जङ्ग केसीले जंगीअडास्थित टेनिस कोर्ट...

प्रकृतिको आराधनासँगै सकियाे उभौली (तस्वीरहरू)

ललितपुर - किरात राई समुदायको महान् सांस्कृतिक पर्व साकेला उँभौली समापन गरिएको छ । वैशाख शुक्ल पूर्णिमादेखि सुरु भएको साकेला ललितपुरको लुभुमा प्रकृतिपूजासहित समापन...

भर्खरै

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आजदेखि सुरु, कति खेलाडी छन् सहभागी ? (तस्वीरहरू)

काठमाडौँ - नेपाली सेनाको आयोजना प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता...

प्रकृतिको आराधनासँगै सकियाे उभौली (तस्वीरहरू)

ललितपुर - किरात राई समुदायको महान् सांस्कृतिक पर्व साकेला...

अमेरिकाविरुद्ध नेपालको शानदार जीत, कुशल भुर्तेलले हाने शतक

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले जित निकालेको...

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको...

एसईईको नतिजा सार्वजनिक, कति भए पास ?

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको...

धेरै पढिएको