नेपाल प्रहरीले पालना गर्नु पर्ने आचार संहिता सम्बन्धी कार्यादेश-२०७७ सार्वजनिक

काठमाडौँ – नेपाल प्रहरीका कर्मचारीहरूले पालना गर्नुपर्ने आचार संहिता सम्बन्धी कार्यादेश-२०७७ सार्वजनिक भएको छ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमबीच उक्त कार्यादेश सार्वजनिक गरेका हुन्।

साथै नेपाल प्रहरी कार्ययोजना-२०७७ को ‘इम्पलिमेन्टेसन ट्रयाकिङ सफ्टवेयर’ पनि सञ्चालन भएको छ।  कार्यक्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले निर्माण भएका कार्यादेश र निर्देशिकाहरूले संगठनलाई सही मार्गमा लैजान दूरगामी रुपमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे।

कार्यादेशमा जनसम्पर्क तथा भेटघाटसम्बन्धी व्यवहार, अनुशासन र भाइचारा, कानुनको पालना, सञ्चार माध्यमसँगको सम्बन्ध, पोसाकप्रतिको व्यवहार, राष्ट्रिय झन्डाप्रतिको सम्मान, सलामीसम्बन्धी व्यवस्था र सम्मान तथा भान्छामा गरिनुपर्ने व्यवहारलगायतलाई स्पष्ट पारिएको छ ।

प्रस्तुत कार्यादेशको फलोअप गर्दै जानुपर्नेमा जोड दिँदै उनले यसले प्रहरीको छविलाई थप राम्रो बनाउन मद्दत पुर्‍याउने विचार व्यक्त गरे।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी संगठनमा व्यवसायिकता नै मुख्य भएकोले सडकमा समेत व्यवसायिकता देखिने गरी काम गर्न उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिए। सबैको साझा शत्रुको रुपमा कोभिड-१९ लाई लिई यसको नियन्त्रणमा लाग्नु पर्नेमा उनले जोड दिए।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु र प्रदेश प्रहरी प्रमुखहरुको भर्चुअल्ली उपस्थिति रहेको थियो।

सिफारिस

 सहायक रेफ्री मरिना धिमाल हवल्दारमा पदोन्नति

फुटबल मैदानमा हातमा झण्डा लिएर अफसाइड र फलको निर्णय दिने फिफा सहायक रेफ्री मरिना धिमाल अब प्रहरी पोसाकमा नयाँ दर्ज्यानी चिन्हसहित देखिने भएकी छन्।...

राष्ट्रपतिद्वारा श्रीपञ्चमीको अवसरमा वसन्त श्रवण (तस्वीरहरू)

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको श्रीपञ्चमी (वसन्त पञ्चमी ) को अवसरमा शुक्रबार बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा वसन्त श्रवण गरेका...

नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी सम्पन्न (तस्वीरहरू)

काठमाडौँ - सेना दिवस २०८२ को अवसरमा नेपाली सेनाका विविध गतिविधिबारे आम नागरिकलाई जानकारी गराउने उद्देश्यले आयोजित नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी २०८२...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रपतिद्वारा श्रीपञ्चमीको अवसरमा वसन्त श्रवण (तस्वीरहरू)

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको श्रीपञ्चमी (वसन्त...

नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी सम्पन्न (तस्वीरहरू)

काठमाडौँ - सेना दिवस २०८२ को अवसरमा नेपाली सेनाका...

अपदस्त प्रधानमन्त्रीलाई चुनौति दिइरहेका र्‍यापरबाट मेयर बनेका युवा

काठमाडौँ – र्‍यापरबाट राजनीतिज्ञ बनेका नेपालका बालेन्द्र शाहले उनकै...

पूर्वमन्त्री दिपक खड्काद्वारा आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा

संखुवासभा - नेपाली कांग्रेसका नेता एबम पूर्वमन्त्री दिपक खड्काले...

पर्यटकलाई आकर्षण गर्दै बोराबाँध (तस्वीरहरू)

सुनसरीको बराहक्षेत्र नगरपालिकामा रहेको बोराबाँधले पछिल्लो समय पर्यटकलाई आकर्षण...

जनकपुरधाममा बालेनको धार्मिक–राजनीतिक यात्रा (तस्वीरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह...

धेरै पढिएको