डम्बर निदाल
डडेल्धुरा – कुलमानको पक्षमा नेपाल बिद्यार्थी संघ डडेल्धुराले प्रदर्शन गरेको छ । नेपाल बिद्युत प्राधिकरणमा कुलमान घिसिङ्ग दोहरिनु पर्ने भन्दै नेवि संघले आईतवार साँझ जिल्ला सदरमुकाम बागबजारमा राँके जुलुस प्रदर्शन गरेको हो ।
देशलाई अंन्धकार वाट उज्यालो ल्याउने तिन करोड नेपालीको ढुकढुकीमा रहेका कुलमान घिसिङ लाई के पि ओली सरकारले हटाएर आफ्नो मान्छे राख्नु खोजेको र जसले सारा नेपालीलाई दुखि बनाएको महसुस भएको नेबिसंघको भनाई छ ।
नेपाल विद्यार्थी संघ, डडेल्धुराले ‘उज्यालो नेपाल’ बनाउन घिसिङ सफल भएकाले पुनः नियुक्त गर्न सरकारलाई दबाब दिने उद्देश्यले डडेल्धुरा सदरमुकाममा आइतबार साँझ राँके जुलुस प्रदर्शन गरेको हो । ‘नेपाली जनता के भन्छ, कुलमान घिसिङ ल्याऔं भन्छ’, ‘अरु आए अन्धकार, कुलमान आए चमत्कार’लगायतका नारा लगाउदै नेविसंघ डडेल्धुराले प्रर्दशन गरेको जनाएको छ ।

उज्यालो नेपाल अभियान अन्तरगत नेपाल लाई नविकरणिय उर्जामा आत्म निर्भर बनाउने आदरणिय व्यक्तित्व कुलमान घिसिङ लाई पुनः प्राधिकरणको निर्देशकमा नियुक्त गराईयोस भनेर सरकार लाई दवाव दिन राँके जुलुस प्रदर्शन गरिएको स्ववियु सभापती एवं नेविसंघ नेता जगत ऐरले बताए ।
राँके जुलुस निकालेको केही समयमानै प्रहरीले रोकेको थियो । प्रर्दशनपछि भिमदत्त चोकमा कोणसभा गरिएको थियो । कोणसभामा बोल्दै नेविसंघका नेता जगत ऐरले कुलमान घिसिङ लाई पुनः नियुक्त नभए नेविसंघ डडेल्धुराले थप आन्दोलन गर्ने बताए ।
