गर्मीमा छालाको हेरचाह कसरी गर्ने ?

काठमाडौः गर्मीमा मौसमसंगै छालामा विभिन्न प्रकारका समस्याहरु देखिने हुदा यो सिजनमा छालालाई अतिरिक्त हेरचाहको आवश्यकता हुन्छ । चर्को घामको सम्पर्कमा आउनाले स्किन ड्यामेज, सन ट्यान, डार्क स्पट्स तथा पिग्मेन्टेसन हुनुका साथै मुहारमा प्रि–मच्योर एजिङ जस्तै रिङ्कल्स एवं फाइन लाइन्स देखिनु सामान्य जस्तै हुन्छ । फेरी कामको सिलसिलामा धुलोधुवाको सम्पर्कमा रहनुले पनि छालामा समस्या आइरहेको हुन्छ । यस्तो अवस्थामा त्यसलाई हाइड्रेट गर्नुपर्छ जसले छालालाई नरमपन प्रदान गर्छ । त्यसपछि छाला स्वस्थ एवं सुन्दर हुन्छ । गर्मीमा छालालाई हेल्दी डोज दिन निम्न फेस प्याक प्रयोग गर्न सकिन्छ ।

दही फेस प्याकः चर्को घाममा छालालाई शीतलता प्रदान गर्न दहीको फेस प्याक प्रयोग गर्नुपर्छ । यसका लागि एक चम्चा दहीमा एउटा सानो चम्चा चन्दन पाउडर मिसाउने र तयार भएको फेस प्याकलाई मुहारमा राम्रोसँग लगाएर १० मिनेटपछि चिसो पानीले पखाल्ने । यसबाट फ्रेस महसुस गर्न सकिन्छ ।
काँक्राको फेस प्याकः यदि फेस प्याकका साथमा स्क्रविङ सँगै मुहारको डेड स्किन पनि हटाउने हो भने काँक्राको फेस प्याक प्रयोग गर्नुपर्छ । काँक्राको केही टुक्रालाई मिक्सरमा हालेर पेस्ट बनाउने । त्यसमा थोरै सख्खर मिसाएर केही समयका लागि फ्रिजमा राख्ने । यो पेस्टलाई मुहारमा लगाएर सुकेपछि रगडेर निकाल्ने । परिणाम डेड स्किनको लेयर हट्छ ।

चन्दन फेस प्याकः चन्दनको शीतलताले गर्मीमा छालालाई धेरै हदसम्म राहत प्रदान गर्छ । यसका लागि एउटा कचौरामा एउटा ठूलो चम्चा चन्दन पाउडर तथा थोरै गुलाब जल मिसाएर लेप तयार गर्ने । यो लेपलाई मुहार र घाँटीमा राम्रोसँग लगाई सुकेपछि चिसो पानीले पखाल्ने ।

कागती फेस प्याकः एउटा ठूलो चम्चा कागतीको रसमा थोरै मात्रामा मह मिसाएर पेस्ट तयार पार्ने । उक्त पेस्टलाई कटन बलको सहायताले मुहार तथा घाँँटीमा प्रयोग गर्ने । २० मिनेटपछि चिसो पानीले मुहार तथा घाँटी पखाल्ने । यसबाट छाला कस्सिन्छ र त्यसमा ग्लो समेत देखापर्छ । यसबाट सन ट्यानमा पनि राहत प्राप्त हुन्छ । यसको थप प्रभावकारिताका लागि कागतीको बोक्राले प्रभावित ठाउँमा रगड्नुपर्छ ।

पुदिनाफेस प्याकः पुदिनाको फेस प्याकले चर्को घाममा छालालाई राहत प्रदान गर्छ । यसका लागि एउटा ठूलो चम्चा पुदिनाको पातलाई पिसेर त्यसमा दुई चम्चा गुलाब जल मिसाई अनुहारमा प्रयोग गर्ने । सुकेपछि चिसोपानीले पखाल्ने । गोरोपनका लागि यसमा एक चिम्टी हर्दी पाउडर मिसाउन सकिन्छ ।

वाटरमेलन फेस प्याकः गर्मीमा छालाको नरमपन कायम राख्न वाटरमेलन फेस प्याक निकै प्रभावकारी साबित हुन्छ । फेस प्याक बनाउन वाटरमेलन जुसमा थोरै दही मिसाउने । तयार भएको लेपलाई मुहारमा प्रयोग गर्ने र १५ मिनेटपछि पखाल्ने ।
आँपको फेस प्याकः आँपलाई ताछेर त्यसको पल्पलाई मिक्सरमा हाली पेस्ट बनाउने । त्यसमा एक सानो चम्चा चन्दन पाउडर, एक सानो चम्चा दही, आधा चम्चा मह तथा एक चिम्टी हर्दी मिसाएर लेप तयार पार्ने र मुहारमा लगाउने । सुकेपछि मुहारलाई चिसो पानीले पखाल्ने ।
एजेन्सी

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको