गर्मीमा छालाको हेरचाह कसरी गर्ने ?

काठमाडौः गर्मीमा मौसमसंगै छालामा विभिन्न प्रकारका समस्याहरु देखिने हुदा यो सिजनमा छालालाई अतिरिक्त हेरचाहको आवश्यकता हुन्छ । चर्को घामको सम्पर्कमा आउनाले स्किन ड्यामेज, सन ट्यान, डार्क स्पट्स तथा पिग्मेन्टेसन हुनुका साथै मुहारमा प्रि–मच्योर एजिङ जस्तै रिङ्कल्स एवं फाइन लाइन्स देखिनु सामान्य जस्तै हुन्छ । फेरी कामको सिलसिलामा धुलोधुवाको सम्पर्कमा रहनुले पनि छालामा समस्या आइरहेको हुन्छ । यस्तो अवस्थामा त्यसलाई हाइड्रेट गर्नुपर्छ जसले छालालाई नरमपन प्रदान गर्छ । त्यसपछि छाला स्वस्थ एवं सुन्दर हुन्छ । गर्मीमा छालालाई हेल्दी डोज दिन निम्न फेस प्याक प्रयोग गर्न सकिन्छ ।

दही फेस प्याकः चर्को घाममा छालालाई शीतलता प्रदान गर्न दहीको फेस प्याक प्रयोग गर्नुपर्छ । यसका लागि एक चम्चा दहीमा एउटा सानो चम्चा चन्दन पाउडर मिसाउने र तयार भएको फेस प्याकलाई मुहारमा राम्रोसँग लगाएर १० मिनेटपछि चिसो पानीले पखाल्ने । यसबाट फ्रेस महसुस गर्न सकिन्छ ।
काँक्राको फेस प्याकः यदि फेस प्याकका साथमा स्क्रविङ सँगै मुहारको डेड स्किन पनि हटाउने हो भने काँक्राको फेस प्याक प्रयोग गर्नुपर्छ । काँक्राको केही टुक्रालाई मिक्सरमा हालेर पेस्ट बनाउने । त्यसमा थोरै सख्खर मिसाएर केही समयका लागि फ्रिजमा राख्ने । यो पेस्टलाई मुहारमा लगाएर सुकेपछि रगडेर निकाल्ने । परिणाम डेड स्किनको लेयर हट्छ ।

चन्दन फेस प्याकः चन्दनको शीतलताले गर्मीमा छालालाई धेरै हदसम्म राहत प्रदान गर्छ । यसका लागि एउटा कचौरामा एउटा ठूलो चम्चा चन्दन पाउडर तथा थोरै गुलाब जल मिसाएर लेप तयार गर्ने । यो लेपलाई मुहार र घाँटीमा राम्रोसँग लगाई सुकेपछि चिसो पानीले पखाल्ने ।

कागती फेस प्याकः एउटा ठूलो चम्चा कागतीको रसमा थोरै मात्रामा मह मिसाएर पेस्ट तयार पार्ने । उक्त पेस्टलाई कटन बलको सहायताले मुहार तथा घाँँटीमा प्रयोग गर्ने । २० मिनेटपछि चिसो पानीले मुहार तथा घाँटी पखाल्ने । यसबाट छाला कस्सिन्छ र त्यसमा ग्लो समेत देखापर्छ । यसबाट सन ट्यानमा पनि राहत प्राप्त हुन्छ । यसको थप प्रभावकारिताका लागि कागतीको बोक्राले प्रभावित ठाउँमा रगड्नुपर्छ ।

पुदिनाफेस प्याकः पुदिनाको फेस प्याकले चर्को घाममा छालालाई राहत प्रदान गर्छ । यसका लागि एउटा ठूलो चम्चा पुदिनाको पातलाई पिसेर त्यसमा दुई चम्चा गुलाब जल मिसाई अनुहारमा प्रयोग गर्ने । सुकेपछि चिसोपानीले पखाल्ने । गोरोपनका लागि यसमा एक चिम्टी हर्दी पाउडर मिसाउन सकिन्छ ।

वाटरमेलन फेस प्याकः गर्मीमा छालाको नरमपन कायम राख्न वाटरमेलन फेस प्याक निकै प्रभावकारी साबित हुन्छ । फेस प्याक बनाउन वाटरमेलन जुसमा थोरै दही मिसाउने । तयार भएको लेपलाई मुहारमा प्रयोग गर्ने र १५ मिनेटपछि पखाल्ने ।
आँपको फेस प्याकः आँपलाई ताछेर त्यसको पल्पलाई मिक्सरमा हाली पेस्ट बनाउने । त्यसमा एक सानो चम्चा चन्दन पाउडर, एक सानो चम्चा दही, आधा चम्चा मह तथा एक चिम्टी हर्दी मिसाएर लेप तयार पार्ने र मुहारमा लगाउने । सुकेपछि मुहारलाई चिसो पानीले पखाल्ने ।
एजेन्सी

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको