काठमाडौं – राष्ट्रिय झण्डा जलाएर म्युजिक भिडियो बनाएको आरोपमा पक्राउ परेका गायक ग्याल्जेन दोर्जे तामाङलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । सोमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले तामाङलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । सोही आरोपमा मुछिएका ३ जना भने १५ हजार धरौटीमा छुटेका छन् भने ५ जना साधारण तारिखमा छुटेका छन् । उनीहरुविरुद्ध भदौ २४ गते काठमाडौं जिल्ला अदालतमा मुद्धा दर्ता गरिएको थियो ।
ग्याल्जेन तितुङ मंगोलिनय ग्रुपका सदस्य समेत हुन् । भिडियोमा क्षेत्री, बाहुन समुदायलाई अश्लिल गाली गरिएको छ ।
