मन्त्रीमण्डल पुर्नगठन गर्ने तयारी, यी मन्त्री बिदा हुँदै

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले चाँडै नै मन्त्रीमण्डल पुर्नगठन गर्ने तयारी गरेका छन् । उनले यसपटक मन्त्रीमण्डल पुर्नगठन गर्दा दुई वर्ष मन्त्री भइसकेकालाई बिदा गर्ने र आफूलाई संकटमा पर्दा साथ दिनेलाई अवसर दिने मापदण्ड बनाएको बुझिएको छ ।

दुई वर्ष पुरा भइसकेपनि केही मन्त्रीहरु भने सरकारमा रहनेछन् । उनीहरुले ओलीलाई संकट पर्दा साथ दिएका छन् । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर बादल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सरकारमै रहनेछन् । पोखरेल र बादलले ओलीको सत्ता संकट आउँदा निकै साथ दिएका थिए । ज्ञवाली ओलीका विश्वासपात्र हुन् । उनलाई सञ्चारमा लाने तयारी भएको बुझिएको छ ।

राष्ट्रियसभामा मनोनित हुन लागेका बामदेव गौतमलाई पनि उपप्रधानमन्त्रीसहित विकासे मन्त्रालय दिने तयारी भएको छ । गृहमा बादल कायमै रहेमा बामदेवले अर्थ पाउनेछन् । उनको चाहना पनि अर्थमा जाने रहेको छ । संकटमा साथ दिएकाले प्रधानमन्त्री ओली गौतमप्रति सकारात्मक बनेका छन् । ओलीलाई संकटमा साथ दिने मन्त्रीहरु लेखराज भट्ट, योगेश भट्टराई र घनश्याम भुषाल पनि सरकारमै रहने बुझिएको छ । भानुभक्त ढकाल पनि सरकारमै रहनेछन् । केही महिना अघि मात्र मन्त्री भएकी शिवमाया तुम्वाहाम्फे पनि सरकारमै रहनेछिन् ।

सचिवालय सदस्य नारायणकाजी श्रेष्ठलाई पनि उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालयमा लाने तयारी भएको छ । श्रेष्ठको चाहना पनि त्यही रहेको छ । यसरी सरकारमा तीनजना उपप्रधानमन्त्री रहने सम्भावना छ ।

शंकर पोखरेललाई पनि सरकारमा ल्याउने सम्भावना छ । त्यसका लागि उनलाई प्रदेश ५ को मुख्यमन्त्रीबाट राजीनामा गराएर बोलाइनेबारे परामर्श चलेको छ । त्यसबारे अन्तिम निर्णयमा भने पोखरेल स्वयं नपुगेको बुझिएको छ । उनले चाहेमा सरकारमा तुरुन्तै सहभागी हुन पाउनेछन् ।

यसपटक दुई वर्ष कार्यकाल पुरा गरेका शक्ति बस्नेत, वर्षमान पुन, गिरिराजमणि पोखरेल, पद्मा अर्याल, विना मगरलगायत भने बिदा पाउने सम्भावना छ ।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको