काठमाडौँ – आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेर ९७ हजार ५०० रुपैयाँ पुगेको छ । यस्तै तेजावी सुन तोलामा ९७ हजार रुपैयाँमा कारोबार भएको छ ।

यस्तै चाँदीको मूल्य पनि सोमबार तोलामा १३२० रुपैयाँमा कारोबार भएकोमा मंगलबार बढेर १३४० रुपैयाँमा कारोबार भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया