काठमाडौं – सिन्धुपाल्चोक केन्द्र भएर बुधबार बिहानै ठूलो भूकम्प गएको छ । सिन्धुपाल्चोकको राम्चे केन्द्र भएर ६ म्यानिच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए। उनले राम्चे आसपास केन्द्र भएर बिहान ५ बजेर १९ मिनेटमा ६ म्याग्निच्यूडको भूकम्प गएको बताए ।

यसको धक्का महसुस काठमाडौंसहित प्रदेश ३ का सबै भागमा भएको थियो । एकाबिहानै भूकम्प गएपछि काठमाडौं र आसपासका क्षेत्रका हल्लीखल्ली मच्चिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया