यु–१६ राष्ट्रिय फुटबलका कप्तान लिम्बूलाई मनास्लु वर्ल्ड कलेजको छात्रवृत्ति

काठमाडौं – नेपाली यु–१६ राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान जान लिम्बूलाई मनास्लु वल्र्ड कलेजले १०+२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको छ । काठमाडौँको चुच्चेपाटीमा रहेको मनास्लु कलेजले व्यवस्थापन सङ्कायमा अध्ययनका लागि लिम्बूलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको हो ।

मनास्लु कलेजका अध्यक्ष गेन्द्र लामा, व्यवस्थापक कुमार मोक्तान, कलेजका प्रिन्सिपल राजन श्रेष्ठ र कप्तान लिम्बूबीच सोसम्बन्धी सम्झौतापत्रमा मङ्गलबार हस्ताक्षर भएको हो । यसै शैक्षिक सत्रदेखि शुरु भएको मनास्लु कलेजमा हाल व्यवस्थापनका साथै विज्ञान, मानविकी र कानून सङ्कायको पठनपाठन हुने प्रिन्सिपल श्रेष्ठले बताए ।

कलेजका अध्यक्ष लामाले सामाजिक उत्तरदायित्व वहन गर्नुका साथै अभिभावकलाई खेलमा लागेर पनि आफ्ना सन्तानले विभिन्न क्षेत्रमा अवसर प्राप्त गर्न सक्छन् भन्ने सन्देश दिनका लागि छात्रवृत्ति प्रदान गरिएको बताए । भविष्यमा अन्य खेलाडीलाई पनि छात्रवृति उपलब्ध गराउने उनले बताए ।

यु–१६ फुटबल टोलीका सबै खेलाडीलाई पूर्ण छात्रवृत्ति दिन तयार रहेको कलेजले जनाएको छ । कप्तान लिम्बूले २०७६ सालको एसइई सातदोबाटोस्थित लोक स्मृति विद्यालयबाट उत्तीर्ण गरेका थिए । लिम्बू झापाको शरणामतीका स्थायी बासिन्दा हुन । उनले विभिन्न उमेर समूहबाट अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिसकेका छन ।

सिफारिस

२० औँ एसियाली खेलकुदका लागि नेपाली उसु टोलीको बिदाइ

काठमाडौँ - जापानको आइची-नागोया सहरमा असोज ३ देखि १८ गतेसम्म आयोजना हुन गइरहेको २० औँ एसियाली खेलकुद (एसियाड) मा नेपालको राष्ट्रिय झण्डा फहराउन जाने...

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

भर्खरै

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

धेरै पढिएको