सुदूरपश्चिममा बूढी पोल्ने (बन्ढुनी) पर्व धुमधामका साथ मनाइँदै

डम्बर निदाल
डडेल्धुरा – सुदूरपश्चिममा हरेक वर्ष असोज संक्रान्ति अर्थात आजका दिन बुढी पोल्ने पर्व मनाइदै छ । प्रत्येक वर्ष असोज संक्रान्तिका दिन राक्षसी पुतना लाई भगवान श्री कृष्णले मारेको सम्झनामा यो पर्व मनाईन्छ । भाद्र संक्रान्तीका दिनमा गाउका स्थानिय हरु ले नजिकै रहेको बन वाट बिभिन्न किसमका स साना काँडे काठ (झिकडा) काटेर एक ठाउँमा थुप्रो (बन्ढुनी) बनाउछन् । सोही थुप्रो अर्थात वुढी लाई आज पोलेर वन्ढुनी पर्व अर्थात बुढी पोल्ने दिनका रुपमा मनाईन्छ । यस पर्वमा गाई बस्तुको हेरचाह गर्ने गोठला तथा स्थानियहरुले भाद्र संक्रान्ति अर्थात ओल्के पर्वको दिन सल्ला, बाँझ लगायतको लिङगो ठड्याई रुखहरु, रुखका हाँगाहरु काटेर एकै ठाँउमा थुपारेर बनाएको बुढीलाई जलाउने चलन रही आएको छ ।


द्वापर युगमा राक्षसी पुतनाले राजा कंशको आदेशमा भगवान श्री कृष्णलाई दुधको रुपमा विष खुवाएर मार्न लगाएको थियो । भगवान श्री कृष्णले थाहा पाएर उल्टै राक्षसी पुतनाको रगत चुसी मारेको खुशीयालीमा यो पर्व मनाउने धार्मीक बिश्वास रहेको स्थानिय पण्डित रामचन्द्र भट्टले बताए ।
बन्ढुनी पर्व सुदूरपश्चिमका हरेक गाउँमा मनाईन्छ । यो पर्व सामाजिक र मौलिक पर्व हो । यस पर्वमा बाबियो घाँसबाट महिलाको चुल्ठीजस्तै (लुडी) बनाईन्छ । त्यसमा सुन्दरता थप्न खसर्याका पात र चिमालीका सेता राता र पहेँला फूल जोडेर अति आकर्षक बनाइन्छ । बूढी पोल्न सल्लाको रातो काठलाई राम्रोसँग मसिनो गरेर चिरेर (दियालो वा झरो) को मसाल (राँको) बनाएर सजाइन्छ ।

गाई वस्तुहरुको गोबर थुपार्ने ठाँउमा काँस, अमरिसो लगायत पाँच जातको घाँसले बेरेको राँको बनाएर राख्ने गर्दछन । र बेलुकी पख जलाउने चलन रहेको छ । पुतना राक्षसको आकृति बाट जलेको खरानीको तिलक गाईलाई लगाउने चलन समेत रहेको छ । यसो गर्दा गोठमा पालिने जनावरलाई कुनै रोग नलाग्ने धार्मिक विश्वास रहेको छ । सदियौ देखि धार्मिक, तथा साँस्कृतिक महत्व बोकेको पर्वका रुपमा बन्ढुनी पर्व रहेको छ । हरेक वर्ष को भदौ १ गते देखी प्रत्येक स्थानियले आफ्नो गोरु गुहारमा कांडा र झारपातले बेरेर बनाएको बन्ढुनी लाई हरेक वर्षको अशोज १ गते साँझ र कतिपय स्थानमा २ गते बिहान ४ बजे धार्मिक परम्परा अनुसार देवताको चोलो निकाली जलाउने परम्परा छ ।

बन्ढुनी वा बुढी जलाउदा सल्लाको झरोको राँको बनाईन्छ । प्रत्येक बृक्षले राम्रो फल दिओस भिनि बाबियो, कास लगायतका बृक्षको डोरी बनाएर बोट बिरुवा तथा घरको छतमाथी राख्ने गरीन्छ । साझ पख सल्लाको दियालो गोठमा लगी गाई बस्तु वरपर गाई बाच्छीपाल बुढी निकाल भन्दै काक्रो मुखमा राखी थुक्ने चलन छ । बन्ढुनी जलाउँदा बालबालिकाहरु ‘गाईबाच्छी पाल ! बूढी निकाल ! थुई बूढी थुई !’ भन्ने गर्छन् ।

कतै कतै बुढी जलाईसके पछी वारी पारी गाउँका एक आपसमा लुतो लैजाउ भन्ने प्रचलन पनि रहेको स्थानिय लाल बहादुर साउदले बताए । सुदुर पश्चिमका बिभिन्न पहाडि जिल्लामा बन्ढुनी पर्व मनाउन आज बिहानै देखि नुवाई, धुवाई गर्ने गर्छन । बुढी पोली सके पछि आज राती वा भोली बिहान सम्म पानी परे गाई अर्थात लक्ष्मीले जित्ने र नपरे बुढीले जित्ने भन्ने भनाई पनि रहेको उनले बताए । बिगतका बर्षमा आज रातभर डडेल्धुराको अमरगढी नगरपालिका–७ पोखरा र १० को राई लगायतका विभिन्न स्थानमा देउडा खेल्ने प्रचलन थियो । स्थानिय एकै स्थानमा भेला भई देउडा गाउने खेल खेल्ने चलन रही आएको थियो । यसपालि भने कोरोना संक्रमणको जोखिम रहेकाले बिभिन्न कार्यक्रम नगरी परम्परा जोगाउने हिसावले मात्रै बुढी पोल्ने कार्यक्रम रहेको स्थानिय बताउछन् ।

सिफारिस

फोटो पत्रकार पूर्णिमा श्रेष्ठ एक सातामै दोस्रोपटक सगरमाथाको चुचुरोमा

फोटो पत्रकार पूर्णिमा श्रेष्ठ एक सातामै दुईपटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन्। श्रेष्ठले आज (आइबार) बिहान ३ बजेर पाँच मिनेट जाँदा...

प्रतिनिधिसभाको बैठक आज बस्दै, के के छ कार्यसूचि ?

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ । आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

काठमाडौँमा यो वर्षकै अत्यधिक गर्मी, दिउँसो पानी पर्ने

काठमाडौँ उपत्यकामा शनिबार (जेठ ५ गते) यो वर्ष अहिलेसम्मकै बढी गर्मी भएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले शनिबार यो वर्ष अहिलेसम्मकै बढी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

प्रतिनिधिसभाको बैठक आज बस्दै, के के छ कार्यसूचि ?

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।...

काठमाडौँमा यो वर्षकै अत्यधिक गर्मी, दिउँसो पानी पर्ने

काठमाडौँ उपत्यकामा शनिबार (जेठ ५ गते) यो वर्ष अहिलेसम्मकै...

संसद्‍मा भएको भिडन्तको सबै जिम्मा सभामुखले लिनुपर्छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधिसभामा बिहीबार भएको घटनाको जिम्मेवारी सभामुख...

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौँ - सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ...

सन्दीप लामिछाने विश्वकपका लागि अमेरिका जाने पक्का, आईसीसीले दियो अनुमति

काठमाडौं - नेपाली स्टार लेग स्पिनर सन्दीप लामिछाने आईसीसी...

आजको मौसम: यी चार प्रदेशमा हल्का वर्षा, तराईमा तातो हावा चल्ने

काठमाडौँ - हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको...

धेरै पढिएको