अभिभावक भेला बोलाई विद्यालय सञ्चालनको तयारी गरिंदै

डम्बर निदाल
डडेल्धुरा – डडेल्धुरा अजयमेरु गाउँपालिकाले स्थानीय तहमा रहेका विद्यालय सञ्चालनका लागि अभिभावकको राय सुझाव संकलन गर्ने भएको छ । गाउँपालिकाले असौज १० गतेबाट विद्यालय सञ्चालन गर्ने तयारी गरीरहेको छ ।
कोरोना संक्रमण दर सुन्य रहेको अजयमेरु गाउँपालिकामा वालवालिकालाई पढाइतिर उन्मुख गर्नका लागि अभिभावकको राय लिन असोज ७ भित्र भेला बोलाई छलफल गर्न पत्राचार गरेको जनाएको छ ।

अभिभावकसँगको छलफल पश्चात बालबालिकाको पढाइलाई नियमितता दिने अजयमेरु शिक्षा शाखाले जनाएको छ । शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयको भदौ १९ मा मन्त्री स्तारिय बैठकबाट पारित निर्णय अनुसार विद्यार्थी सिकाई सहजीकरण निर्देशिकामा विभिन्न विकल्प प्रस्तुत गरेको थियो ।

निर्देशिकाको दफा ३३ को उपदफा २ मा कुनै क्षेत्र विशेष कोरोनाको संक्रमण दर हेरी नियमित रुपमा विद्यालय संचालन हुन सक्ने अवस्था भएमा पत्यक्ष सिकाई क्रियाकलाप गर्न वाधा हुने छैन भन्ने निर्णय अनुसार अजयमेरु गाउँपालिकाले पनि स्थानीय तहमा अवस्था सामान्य रहेको कुरा उल्लेख गर्दै केही दिन अगाडी विद्यालय खोल्ने पालिकास्तरिय निर्णय पारित गरेको छ ।

धेरै जसो विद्यालयमा क्वारेन्टाईनको व्यवस्था गरिएको भए पनि क्वारेन्टाईन का लागी प्रयोग गरीएका विद्यालयहरु लाई पुर्णरुपमा निर्मुलीकरण गरीएको र अहिले गाउँपालिका भर कोरोना संक्रमित शून्य रहेको गाउँपालिका अध्यक्ष उमेश प्रसाद भट्ट (विकास) ले बताए । असोज १० बाट विद्यालय सञ्चालन गर्नका लागि सर्वपक्षीय छलफल भईरहेको र अभिभावकहरुको राय,सल्लाह अनुसार पठनपाठन सुरु हुने गाउँपालिका अध्यक्ष भट्टले जानकारी दिए ।
कोभिड १९ को अवस्था अजयमेरु गाउँपालिकामा समान्य रहेको भन्दै अभिभावकसँगको सल्लाह पछि विद्यालय खोल्ने जनाएको छ । असोज ७ गते सम्म गाउँपालिका भित्र रहेका विद्यालयले अभिभावकसँग छलफल गरि सुझाव पेस गर्ने परिपत्र अनुसार भेला बोलाउन लागेको जनाएको छ ।

तह अनुसार अभिभावकलाई निमन्त्रणा गरि छलफलबाट राय सुझाव संकलन गरि विद्यार्थीलाई समुह वनाई पठनपाठन सुरु गरिने बालकल्याण माविका प्रधानाध्यापक जगदिशसिंह भण्डारीले बताए ।
गाउँपालिकाकै निर्णय अनुसार वालकल्याण माविले चार समुहमा अभिभावकलाई आमन्त्रण गरेको छ । गाउँपालिकामा जम्मा ३२ वटा विद्यालय छन् । सबैको रायसुझाव संकलन गरि नियमित पठनपाठन गर्ने तयारीमा रहेको गाउँपालिकाले जनाएको छ ।

सिफारिस

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

भर्खरै

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

धेरै पढिएको