काठमाडौं- काठमाडौं उपत्यकामा थप ८५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौंका ६९८ जना, भक्तपुरका ८२ जना र ललितपुरका ७९ जनामा कोरोना संक्रमण देखिएको हो। पछिल्लो २४ घण्टामा ११४५८ जनाको पिसिआर परीक्षण गरिएको छ।

त्यस्तै हिजो पनि काठमाडौँ उपत्यकामा ६१८ जनामा संक्रमण देखिएको थियो।

काठमाडौँ उपत्यकामा कोरोना संक्रमण तिब्र रुपमा बढिरहेको छ।

नेपालमा थप २०२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमित हुनेको संख्या ६१५९३ पुगेको छ।

त्यस्तै,पछिल्लो २४ घण्टामा कोरोनाबाट सात जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ९० पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया