काठमाडौँ- नेपालमा थप २०२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमित हुनेको संख्या ६१५९३ पुगेको छ।

पछिल्लो २४ घन्टामा ११४५८ जनाको कोरोना परिक्षण गरिएको छ।

त्यस्तै आजै थप ८७१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। योसंगै कोरोना भाइरस निको भएर घर फर्किनेको संख्या ४३८२० पुगेको छ। पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या तिब्र रुपमा बढिरहेको छ।

काठमाडौं उपत्यकामा थप ८५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै,पछिल्लो २४ घण्टामा कोरोनाबाट सात जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ९० पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया