काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) को १३औँ संस्करण आजबाट यूएईमा शुरु हुँदैछ। अघिल्लो संस्करणको विजेता मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्सबीच अबुधाबीमा पहिलो खेल हुनेछ।
आईपीएलको इतिहासमा चौँथोपटक यी दुई टीम उद्घाटन खेलमा प्रतिश्पर्धा गर्न लागेका हुन्। यसअघि भएका तीन उद्घाटन खेलमध्ये दुई वटामा मुम्बई र एउटामा चेन्नई विजयी भएका थिए। आज हुने खेल नेपाली समयअनुसार साँझ ७ः४५ मा शुरु हुनेछ।
नेपाली युवा स्पीनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सको पहिलो खेल भोलि छ। दिल्लीले भोलि हुने खेलमा नेपाली समयअनुसार साँझ ७ः४५ बजे किङ्स इलेभेन पन्जाबसँग प्रतिश्पर्धा गर्नेछ।
आईपीएल १० नोभेम्बरसम्म चल्नेछ। ५३ दिनमा आठ टीमले कम्तीमा १४/१४ खेल खेल्नेछन्। यी खेल दुबई, अबुधाबी र शारजाहमा हुनेछ।