मिलिजुली टिकटक परिवारद्वारा वृद्धाश्रमलाई सहयोग

काठमाडौं – सामाजिक सञ्जाल टिकटकमा आवद्ध समुह मिलिजुली टिकटक परिवारले एक कार्यक्रम आयोजना गर्दै काठमाडौंको गोंगबुस्थित हिमालय वृद्धाश्रमलाई सहयोग हस्तान्तरण गरेको छ । सामाजिक सञ्जालले विकृति फैलाउँछ भन्ने सन्देशलाई गलत सावित गर्दै टिकटक समुह मिलिजुली टिकटक परिवारले दैनिक उपभोग्य सामाग्रीहरु आश्रमलाई सहयोग गरेको हो ।

सामाजिक सञ्जाल टिकटकमा आवद्ध रहेर पनि यो समूहले समय समयमा सामाजिक कार्यहरु गर्दै आइरहेको छ । समूहले एक औपचारिक कार्यक्रम आयोजना गरेर कम्बल ३५ थान, चियापति १० केजि, बिस्कुट २० कार्टुन, लुगा धुने साबुन र नुहाउने साबुन २०÷२० कार्टुन, सर्फ ३५ के. जि., चिउरा ५० केजि, दाल ५० के. जि., फिनेल २० लिटर, चिनी ५० के. जि., जुस २ कार्टुन, सेनिटाइजर २५ लिटर, चाउचाउ २ कार्टुन, भुजा १० के. जि. र आटा ५० के. जि. लगाएत अन्य दैनिक उपभोग्य सामानहरु हस्तान्तरण गरेको हो ।

२०६१ साल देखि संचालनमा रहेको यो आश्रममा हाल १२ जना वृद्ध र २२ जना वृद्धा गरि जम्मा ३४ जना वृद्धवुद्धाहरु रहेका छन् । केही व्यक्ति र संस्थाहरुको सहयोगमा डेढ दशकदेखि सञ्चालित यस आश्रममा स्थानीय सरकार वा अन्य कुनै सरकारी निकायले ध्यान नदिएको आश्रमकी अध्यक्ष सरला पन्थी बताउँछिन् ।

आश्रममा १०० जना भन्दा बढी दाताहरुले सहयोग गरेको भएतापनि हाल खानेपानी र औषधी उपचारको समस्या भएकाले आफुहरु सहयोगी हातहरुको पखाईमा रहेको पन्थीको भनाई छ । मिलिजुली टिकटक परिवार नामक यो समूहले कोरोना महामारीका समयमा रगतको अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्य राखेर रक्तदान कार्यक्रम समेत आयोजना गरको थियो । आफुहरु यस्ता सामाजिक कार्यहरु गर्न सँधै तत्पर रहेको र अन्य कुनै समूहले सहकार्य गर्न चाहेमा सदा स्वागत गर्न तयार रहेको मिलिजुली टिकटक परिवार समुहका संयोजकहरु राजन कँडेल र कृपा बताउँछन् ।

सिफारिस

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक तालिम ‘अभ्यास सूर्यकिरण’को २०औँ संस्करण आजदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा...

भर्खरै

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...

धेरै पढिएको