आईपीएल : दिल्ली क्यापिटल्सको खेल आज, सन्दिप टिममा पर्ने सम्भावना कति?

काठमाडौँ – सन्दिप लामिछाने सम्मिलित टिम श्रेयस ऐयर कप्तानीको दिल्ली क्यापिटल्सले केएल राहुल कप्तानीको किंग्स-११ पन्जाब बिरुद्ध पहिलो खेल खेल्दैछ। युएईको दुबई स्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति ७:४५ बजे सुरु हुनेछ।

लिगको उपाधि हालसम्म जित्न नसकेको दिल्ली र पन्जाब यो सिजन पहिलो उपाधि जित्ने लक्ष्य सहित सुरुवाती खेल जित्दै लय प्राप्त गर्न चाहन्छ। गत सिजन लिग अन्तर्गत गत सिजन दिल्लीले पन्जाबलाई १ खेलमा पराजित गरेको थियो भने १ खेलमा पराजित भएको थियो।

युएईको पिच सुस्त र स्पिनरहरुलाई मद्दत गर्ने हुँदा यो पटक सन्दिपले धेरै खेलमा मौका पाउने सम्भावना रहेको छ। गत साता सिपिएल टि-२० मा जमैका तलावाजको प्रतिनिधित्व गरेर सन्दिप युएई प्रस्थान गरेका थिए। मंगलबार युएई पुगेका सन्दिपको सबै ३ वटा कोरोना टेस्ट नेगेटिभ आएको छ जसपछि उनि शनिवार टिमसंग अभ्यासमा पुगेका थिए। उनि आज खेल्नको लागि उपलब्ध रहेका छन्।

उनको क्वारेन्टाइन अबधि शनिवार सकिएको हो। उनले शनिवार टिमसंग अभ्यास पनि गरिसकेका छन्। उनको पुगेको दिन मंगलबार राति टेस्ट गरिएको थियो जसपछि हरेक वैकल्पिक दिन टेस्ट भएको थियो।

टिम दिल्ली क्यापिटल्स (Delhi Capitals ) श्रेयस अयर ( कप्तान ), शिखर धवन, पृथ्वी शा, रिषभ पंत, अक्षर पटेल, कीमो पल(✈️), अमित मिश्रा, सन्दिप लामिछाने(✈️), आवेश खान, हर्शल पटेल, इशांत शर्मा, कागिसो रबाडा(✈️), आर. अश्विन, अजिंक्य रहाने, एलेक्स केरी(✈️), शिमरन हेटमायर(✈️), एनरिक नोर्किया(✈️), ड्यानीयल स्याम्स(✈️) , मार्कस स्टोइनिस(✈️), मोहित शर्मा, ललित यादव र तुषार देशपांडे।

सिफारिस

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप फुटवल प्रतियोगिताको तयारी पूरा भएको छ । दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुन लागेको...

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार सिफारिस गर्न मातहतका समितिलाई परिपत्र गरेको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको निर्णयअनुसार प्रदेश, जिल्ला र...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताएका छन्। मंगलबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले महाधिवेशन गर्न कम्तीमा तीन महिना...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि...

ड्रोनबाट यस्तो देखियो, सन्तानेश्वर महादेवको मन्दिर (तस्वीरहरू)

गोदावरी नगरपालिका वडा नं. १३ झरुवारासी कैलास पर्वतमा सन्तानेश्वर...

मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि (तस्विरहरू)

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि...

यस्तो छ कांग्रेस महाधिवेशन कार्यतालिका

नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशको कार्यतालिका सार्वजनिक गरेको छ।...

धेरै पढिएको