सविंधान दिवस : गाउँ झिलिमिली सहर सुनसान

डम्बर निदाल
डडेल्धुरा -बिगतका वर्षमा सदरमुकाम केन्द्रित रही संविधान दिवस मनाईने गरीन्थ्यो, तर यसपालि भने सदरमुकाम सुनसान बन्न पुग्यो । कोरोना भाईरसका कारण जिल्ला सदरमुकाममा रहेको अमरगढी नगरपालिका लगायत वागवजारक्षेत्र र टुडिखेलमा समेत औपचारिक कुनै कार्यक्रम आयोजना हुन सकेन । सरकारी र गैरसरकारी कार्यालयवाट भरिभराउ रहेको जिल्ला सदरमुकाममा संविधान दिवसको चहलपहल केही रहेन भने सरोकारवाला वाट चासो समेत राखेको देखिएन ।

डडेल्धुरामा कोरोना संक्रमितकोे संख्या न्युन रहेको भएपनि जिल्ला प्रशासन कार्यालयले हालै एक सुचना प्रकाशित गरि भेला समारोह आयोजना नगर्न निर्णय जारी गरेको थियो । उक्त सुचना कै आधारमा सदरमुकाममा संविधान दिवसको दिन शनिवार वागवजार सुनसान रहेको स्थानिय वताउछन । नेपाल सरकारले घरघरमा नेपालको राष्ट्रिय झण्डा फहराउने निर्णय गरेको भए पनि सदरमुकाम मा कुनै कार्यक्रमको आयोजना समेत भएन ।

अन्य स्थानिय तहमा भने दिपावली मनाउनका साथै नेपालको नयाँ नक्साकोरी दिपप्रज्वलन समेत गरिएको छ । भागेश्वर गाउँपालिकाको कार्यालयमा हर्षोउल्लासका साथ संबिधान दिवस मनाईएको जनाईएको छ । जिल्ला स्थित प्रशासनिक क्षेत्र र सुरक्षा निकायका प्रमुखहरु को उपस्थितीमा भागेश्वरमा संविधान दिवस भव्यरुपमा मनाईएको गाउँपालिका अध्यक्ष कौशिला कुमारी भट्टले वताईन ।

त्यसैगरि नगरपालिकाको दुरदराजका गाउँमा संबिधान दिवस मनाईएको छ । अमरगढीको ११ मा दिपावली सहित दिप प्रज्वलन गरि मनाईएको छ । भने गन्यापधुरा गाउँपालिका १ को भात्काडा, अजयमेरुको भद्रपुर, परशुराम नगरपालिकाको लालढुुगां वजार, भागेश्वर गाउँपालिकाको वगरकोट लगाएतका क्षेत्रमा सविंधान दिवसका दिन विभिन्न अन्तक्रिया र वेलुकी दिपप्रज्वलन गरि मनाईएको अमरगढी ११ का स्थानिय तथा नेविसघंका जिल्ला सदस्य करन बोहराले जानकारी दिए ।

स्थानिय सरकारले कुनै चहलपहल नगर्दा हामी आफै संविधान दिवसमा जुटेको अमरगढी ११ सल्लाघारीका बोहराले वताए । यो दिवस भव्य रुपले मनाउनका लागि सरकारी तवर र स्थानिय तहवाट पहल गरिनुपर्ने हो, तर कोरोना संक्रमणलाई दोष दिदै दिवस मनाउन कन्जुस्याई गरेको बोहराको भनाई छ । यसकारण हामीले आफुले सक्दो प्रयास गरि नयाँ नक्सा निर्माण गरेर दिपावालीको आयोजना गरि मनायौं, नेविसघं जिल्ला सदश्य बोहराले भने ।

अजयमेरु गाउँपालिकाले दिवसको अवसर पारेर रक्त समेत संकलन गरेका छन् भने अमरगढी ७ मा विभिन्न रगत समुह भएको मानिसको परिक्षण गरिईएको जनाएको छ । भने सदरमुकाम क्षेत्र वागवजारमा भने कुनै कार्यक्रम हुन सकेन ।

सिफारिस

पशुपतिनाथ मन्दिर परिसरमा शतबीज छर्नेको भिड (तस्वीरहरू)

प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन आज बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज मनाइएको छ । आजको दिन पशुपतिनाथसहित देशभरका शिवालय परिसरमा दिवंगत पितृको...

कर्णालीलाई चितवनले ४ विकेटले हरायो (तस्वीरहरू)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा कर्णाली याक्सलाई चितवन राइनोजले ४ विकेटले पराजित गरेको छ । टस हारेर पहिला व्याटिङ गरेको कर्णालीले...

एनपिएल: आज पनि र्कीतिपुरमा खेल हेर्नको भिड (तस्वीरहरू)

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज दुई खेल भइरहेका छन्। चारवटै टोलीमा विदेशी खेलाडीको सहभागिताले र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानभित्र...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कर्णालीलाई चितवनले ४ विकेटले हरायो (तस्वीरहरू)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा...

एनपिएल: आज पनि र्कीतिपुरमा खेल हेर्नको भिड (तस्वीरहरू)

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज...

फ्लड लाइटको उज्यालोमा एनपीएल हेर्न झुम्मिएका दर्शक (तस्वीरहरू)

मौसम चिसिदै गएको मंसिरको प्रारम्भमा सुरु भएको नेपाल प्रिमियर...

 एनपिएल : उद्घाटन खेलमा जनकपुरविरुद काठमाडौंको जित

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा...

सुदूरपश्चिबाट एनपीएल खेल्ने क्रिस लिन नेपाल आइपुगे

काठमाडौँ - सुदूरपश्चिम रोयल्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग...

फ्लड लाइटमा यस्तो देखियो त्रिवि क्रिकेट रंगाशाला (तस्वीरहरू)

काठमाडौँ - सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निमार्ण...

धेरै पढिएको