सविंधान दिवस : गाउँ झिलिमिली सहर सुनसान

डम्बर निदाल
डडेल्धुरा -बिगतका वर्षमा सदरमुकाम केन्द्रित रही संविधान दिवस मनाईने गरीन्थ्यो, तर यसपालि भने सदरमुकाम सुनसान बन्न पुग्यो । कोरोना भाईरसका कारण जिल्ला सदरमुकाममा रहेको अमरगढी नगरपालिका लगायत वागवजारक्षेत्र र टुडिखेलमा समेत औपचारिक कुनै कार्यक्रम आयोजना हुन सकेन । सरकारी र गैरसरकारी कार्यालयवाट भरिभराउ रहेको जिल्ला सदरमुकाममा संविधान दिवसको चहलपहल केही रहेन भने सरोकारवाला वाट चासो समेत राखेको देखिएन ।

डडेल्धुरामा कोरोना संक्रमितकोे संख्या न्युन रहेको भएपनि जिल्ला प्रशासन कार्यालयले हालै एक सुचना प्रकाशित गरि भेला समारोह आयोजना नगर्न निर्णय जारी गरेको थियो । उक्त सुचना कै आधारमा सदरमुकाममा संविधान दिवसको दिन शनिवार वागवजार सुनसान रहेको स्थानिय वताउछन । नेपाल सरकारले घरघरमा नेपालको राष्ट्रिय झण्डा फहराउने निर्णय गरेको भए पनि सदरमुकाम मा कुनै कार्यक्रमको आयोजना समेत भएन ।

अन्य स्थानिय तहमा भने दिपावली मनाउनका साथै नेपालको नयाँ नक्साकोरी दिपप्रज्वलन समेत गरिएको छ । भागेश्वर गाउँपालिकाको कार्यालयमा हर्षोउल्लासका साथ संबिधान दिवस मनाईएको जनाईएको छ । जिल्ला स्थित प्रशासनिक क्षेत्र र सुरक्षा निकायका प्रमुखहरु को उपस्थितीमा भागेश्वरमा संविधान दिवस भव्यरुपमा मनाईएको गाउँपालिका अध्यक्ष कौशिला कुमारी भट्टले वताईन ।

त्यसैगरि नगरपालिकाको दुरदराजका गाउँमा संबिधान दिवस मनाईएको छ । अमरगढीको ११ मा दिपावली सहित दिप प्रज्वलन गरि मनाईएको छ । भने गन्यापधुरा गाउँपालिका १ को भात्काडा, अजयमेरुको भद्रपुर, परशुराम नगरपालिकाको लालढुुगां वजार, भागेश्वर गाउँपालिकाको वगरकोट लगाएतका क्षेत्रमा सविंधान दिवसका दिन विभिन्न अन्तक्रिया र वेलुकी दिपप्रज्वलन गरि मनाईएको अमरगढी ११ का स्थानिय तथा नेविसघंका जिल्ला सदस्य करन बोहराले जानकारी दिए ।

स्थानिय सरकारले कुनै चहलपहल नगर्दा हामी आफै संविधान दिवसमा जुटेको अमरगढी ११ सल्लाघारीका बोहराले वताए । यो दिवस भव्य रुपले मनाउनका लागि सरकारी तवर र स्थानिय तहवाट पहल गरिनुपर्ने हो, तर कोरोना संक्रमणलाई दोष दिदै दिवस मनाउन कन्जुस्याई गरेको बोहराको भनाई छ । यसकारण हामीले आफुले सक्दो प्रयास गरि नयाँ नक्सा निर्माण गरेर दिपावालीको आयोजना गरि मनायौं, नेविसघं जिल्ला सदश्य बोहराले भने ।

अजयमेरु गाउँपालिकाले दिवसको अवसर पारेर रक्त समेत संकलन गरेका छन् भने अमरगढी ७ मा विभिन्न रगत समुह भएको मानिसको परिक्षण गरिईएको जनाएको छ । भने सदरमुकाम क्षेत्र वागवजारमा भने कुनै कार्यक्रम हुन सकेन ।

सिफारिस

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३०० मिटरको उचाइमा अवस्थित टिम्बुङ पोखरी प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाले भरिएको रमणीय गन्तव्य हो। हिमाली...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ समारोह फाइनल स्पर्धाकै झल्को दिने गरी बिहीबार साँझ राजधानीमा सम्पन्न भएको छ। थापागाउँस्थित...

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि बायाँहाते चर्चित ब्याटिङ अलराउन्डर चरिथ असलंकालाई अनुबन्ध गरेको छ। असलंकालाई श्रीलंकाली क्रिकेटका...

भर्खरै

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को...

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट...

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत...

विराटनगर किङ्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान घोषणा

एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप...

भोटेकोशी बाढी प्रभावितका लागि रोयल एवान इन्भेस्टमेन्टद्वारा पाँच लाख बढी सहयोग

काठमाडौं - बाढीपहिरोबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा...

धेरै पढिएको