सार्वजनिक सेवामा आमूल परिवर्तन किन ?

  • ईश्वरीप्रसाद पोखरेल

    कुनै पनि देशको सरकार सफल हुन राज्यको सरकारी संयन्त्र प्रभावकारी र पारदर्शी हुनु अनिवार्य ठानिन्छ । राजनैतिक तथा प्रशासनिक नेतृत्वप्रति आम सरोकारवालाको पूर्ण विश्वास चाहिन्छ । सरकारप्रतिको जनताको भरोशा तथा कठिन घडीमा अभिभावकत्व प्राप्त हुनु सुशासन बढेको मानिन्छ । तसर्थ राजनैतिक तथा प्रशासनिक संरचनाहरु मितव्ययी तथा साधारण खर्च कम हुने चाहिन्छ । राज्यका संरचना चुस्त दुरुस्त र पारदर्शी भएमा मात्र राज्यप्रति जनताको आस्था बढ्दछ । राज्यका जुनसुकै संगठन निर्माणको आधार तथा तिनको नेतृत्वमा हुने पदाधिकारीहरुको कार्यविवरण सबै पारदर्शी तथा स्पष्ट हुनु पर्दछ ।

पार्टी पद्धतिको शासन भएकाले राजनैतिक तथा प्रशासनिक नेतृत्व एकै ठाउँमा उभिएर जवाफदेही हुन सक्नु आवश्यक हुन्छ । राज्यका सबै सार्वजनिक कामकार्वाही खुला हुनु पर्दछ । राज्यबाट उपलब्ध हुने पुरस्कारहरु विवादरहित बनाउन आवश्यक हुन्छ । कुनै पदाधिकारीलाई दिइने दण्ड र विभागीय कार्वाहीको कारण चित्तबुझ्दो हुनु वाञ्छनीय हुन्छ । सबै सार्वजनिक रुपमा उठ्ने प्रश्नहरुको उत्तर सम्बन्धित पदाधिकारीबाट इमानदारितासथ पाउने शासकीय पद्धतिले मात्र राज्यप्रति जनताको आस्था बढ्दछ ।

कुनै पनि सरकारप्रति विश्वास जाग्नुको अर्थ कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका तथा संवैधानिक आयोग, निकाय तथा अंगमात्र होइन सञ्चारक्षेत्रमा समेत पूर्ण इमानदारिता एवम् जवाफदेहिता चाहिन्छ । तर सरकारको जुनसुकै दिवसमा वितरण हुने मानपदवी र सेवासुविधाको कथाव्यथाले जनताहरुलाई रुवाइ रोइरहेको छ ।

भ्रष्ट, बिचौलिया र सत्ता स्वार्थको लेनदेनमा खप्पिस नेताहरुको खोपीको गणतन्त्रले सामाजिक तथा प्राकृतिक न्यायको खिल्ली उडाएकोले नेतृत्वप्रति आक्रोश पोखिने क्रम बढेको छ । यसर्थ राजनीतिक तथा प्रशासनिक क्षेत्रमा सुशासनका लागि सार्वजनिक सेवा पद्धतिमा नै क्रान्तिकारी फेरबदल आवश्यक छ । प्रशासनिक नवीन आयामिक बहस तथा राज्यको शासकीय पद्धतिमा आमूल परिवर्तन गर्न अति जरुरी छ । ती वैज्ञानिक आधार तयार पार्न तथा अवसर दिनका लागि यो लेख केन्द्रित रह्ने छ ।

राजनीतिक इमानदारिता 

बहुदलीय प्रतिस्पर्धा तथा आवधिक आम निर्वाचनबाट राजनैतिक अधिकारसहित राज्य सत्ता पार्टी नेतृत्वमा हस्तान्तरण हुने भएकाले सबै केन्द्रीय राजनीतिक नेतृत्व त्याग र आदर्शमा नमूना हुनु पर्दछ । अवसर पाएका नेतृत्वले विगतका त्रुटीहरु परिमार्जन गरी उदारतापूर्वक उच्च उदाहरण कार्यकर्तामा प्रस्तुत गर्न सक्नु प्रोत्साहन हुन्छ । तर सबै क्षेत्रमा राजनीतिक शिर्षस्थ नेतृत्व समस्या समाधान गर्ने, कार्यकर्ता तथा जनताका आवाज सुन्नेभन्दा मै खाउँ मै लाउँ भन्ने अपराध चरित्र प्रदर्शन तथा कुशासन बढाउने कार्यका निकृष्ट उदाहरण बनेको पाइन्छ । कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका , संवैधानिक आयोग तथा सञ्चारजगत समेतलाई सत्ता कब्जामा पारी स्तुति गान गराउने र अनैतिकतालाई बढोत्तरी गर्ने प्रवृत्ति मौलाएको छ । सत्ता वा प्रतिपक्षका शिर्षस्थ नेताहरु नै लोभी पापी र आजीवन पद तथा सेवासुविधाको मोहमा फसेका हुँदा तल्लो तहमा राजनीतिक इमानदारिता कहाँ खोज्ने ? राजनीतिक तहका कुशासनका ढोकाहरु फैलाउँदै जाने र संवैधानिक निकायहरुलाई निकम्मा बनाउने हो भने राजनीतिक इमानदारिता कहाँ पाइन्छ ? यसैको प्रतिफल मुलुकको सार्वजनिक सेवामा पारदर्शिता लोप हुन गएकोमा दुईमत छैन ।

प्रशासनिक इमानदारिता 

राज्यको स्थायी सरकार प्रशासन हुन्छ । प्रशासन नै राजनीतिक नेतृत्व र सरकारका लागि ज्ञानेन्द्रिय तथा कर्मेन्द्रिय हुन् । यो संयन्त्रलाई राजनीतिक व्यवस्था, सरकार र जिम्मेवार नेतृत्वले कसरी उपयोग गर्दछ ? देश र जनताप्रति कति जिम्मेवार बनाएको छ र पेसागत आचरणमा हिडाएको छ ?

सार्वजनिक पदीय मर्यादा र सामाजिक तथा प्राकृतिक प्रोत्साहनको पारदर्शी वातावरणमा कति ध्यान दिएको छ ? राष्टसेवक भनिने सबै सेवा, समूह तथा उपसमूहमा कार्यरत कर्मचारीहरुलाई सेवा सुविधा र वृत्ति विकासमा सामाजिक तथा प्राकृतिक न्यायको सुनिश्चितता कसरी मिलाएको छ ? बेला बेलामा राज्यका तर्फबाट दिइने मानपदवी तथा पुरस्कार एवम् वृत्ति विकासका अवसरहरुको पारदर्शी वितरण के कस्तो छ ? प्रशासनिक नेतृत्वले कहिल्यै समीक्षा गर्दछ वा मौकामा चौका हानी पदीय दुरुपयोग गर्दै नातावाद, कृपावाद, लेनदेनवाद र राजनीतिक स्वार्थवादमा जे पनि निर्णय गर्दछ ?

जसरी राज्यका तर्फबाट उपलब्ध गराइने विभूषणहरुको दुरुपयोग हुँदै आएको छ । कुनै वैज्ञानिकता नभएको र कसैलाई काखी च्याप्ने र कसैलाई गोदेको गोदै गर्ने अपराधी कानुन र नेतृत्वको व्यवस्था मिलाएको प्रशासनिक वातावरणले सुशासन जग बसाल्न कसरी सम्भव हुन्छ ? प्रश्न उठ्दछ ।

भ्रष्ट तथा गैर जिम्मेवार निकम्मा प्रशासनिक सयन्त्र 

तर नेपालमा उन्नति र समृद्धिको मूल आधार जीहजुरी, भ्रष्टाचारी र बिचौलिया संस्कृति हो । कथित द्रेडयुनियनवादीसंगको उठबस, सौदावाजी र राजनीतिक दलका एजेन्टहरुको सन्तुष्टि सावित गर्ने प्रमाण नै योग्यताको कसी हो । जनता चुसेर, नेतासंग झुकेर राजस्वमा आँखा गाडेर सबैको हित हुने तर देश लुटिनेले वातावरण निर्माण गर्न खप्पिसले अवसर पाउने, पुरस्कृत हुने सार्वजनिक प्रशासनको चरित्र हो । हरेक पक्षमा लेनदेन गर्न र राजनीतिक आस्थाका, सत्ता पक्षका गुटको तावेदारी गर्ने योग्यता नै सरकारी नेतृत्वको विश्वासिलो बनिने कसिलो चरित्र हो । यी भन्दा फरक मूल्यमान्यताले नेपालको प्रशासनिक क्षेत्रमा कुनै स्थान नपाउने हुँदा इमानदारिता भन्ने कुरा न्याय खोज्न विदेशिएको र उतै हराएको अनुभव हुन्छ । सार्वजनिक सेवामा सामाजिक तथा न्याय प्राकृतिक न्याय खोजेको अभियोगमा विगत दुई तीन वर्षदेखि हाजिर गरेर जागिर खाने पंक्तिकारको नियति उदाहरण छ । राज्यले निकास न विकासमा पंक्तिकारलाई किन पालिरहेको वर्षौदेखिको प्रश्न अनुत्तरित छ ?

आर्थिक मितव्ययिता तथा सुशासन कसरी गर्ने ? 

संघीयता सफल बनाउन आर्थिक मितव्ययिता र साधारण खर्च कटौती मुख्य कुरा हो । संघीय तहका मन्त्रालय र विभाग वा निकायहरुको संख्या घटाइनु पर्दछ । संघीय सेवा कुन क्षेत्र तथा तहसम्म आवश्यकता पर्ने हो ? सेवा प्रवाहको प्रकृति कार्यक्षेत्र तथा अधिकारको बाँडफाँडको निर्धारण गर्दा संघ, प्रदेशमा दोहोरो नपर्ने सुनिश्चितता हुनु पर्दछ । संघ तथा प्रदेशमा कुनै निकाय तथा कार्यहरुको भूमिका नदोहोरिने गरी सबै प्रशासनिक संरचनाहरुको पुनरावलोकन गरिनु आवश्यक हुन्छ । केन्द्रीय, प्रादेशिक तथा स्थानीय तहका प्रशासनिक संरचनाहरुलाई वैज्ञानिक तथा सर्बस्वीकार्यताको खाँचो पर्दछ । दलीय नेतृत्वको राजनीतिक प्रतिनिधित्व तथा सहभागिताले सार्वजनिक प्रशासनमा अवश्य पक्षपात हुन दिदैँन । विषय विज्ञहरु सम्मिलित सार्वजनिक प्रशासन व्यवस्थापन आयोग वा समितिले प्राविधिक पक्षबाट सबै धारणाको अध्ययन गराएर वस्तुनिष्ठ सिफारिस दिन सक्छ । छुट्टै स्वतन्त्र विज्ञहरुको सार्वजनिक सेवा पहिचान आयोगको मुलुकलाई खाँचो देखिन्छ । आर्थिक मितव्ययिता तथा साधारण खर्चमा मितव्ययिता संरचनात्मक आधार पहिचान गर्न प्रमुख रुपमा सार्वजनिक सेवा निर्धारण आयोगले मात्र गर्न सक्दछ र राजनैतिक नेतृत्वमा गठन हुने समितिले मात्र सबै राजनीतिक दल तथा राष्टसेवक कर्मचारीहरुलाई विश्वासमा लिन सक्छ ।

प्रशासनिक अपराधहरु र गुमनाम राजनीतिक नेतृत्व भूमिका 

विगतमा प्रशासनिक संरचना सर्वेक्षण गर्दा अभिभावकत्व गर्नुपने नेतृत्वले कानुनी अपराध गरे । सुशासनका आधार निर्माणमा जो इमानदारितासाथ लाग्ने हो, उही पूर्वाग्रही बन्यो । राक्षसी प्रवृत्तिको अविवेकी तथा अपराधी नेतृत्वलाई सार्वजनिक सेवाको उपचारको जिम्मा दिँदा कर्मचारी समायोजन नामको अपराधले मुलुकमा जरा गाड्यो ।

गणतन्त्रमा मालिक र दासको विभेदजनक, कोही थालमा र कोही कोपरामा खाना खाने अप्रजातान्त्रिक किसिमको समायोजनको नाटक भयो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका पदाधिकारी वर्गबाट सार्वजनिक पदको चरम दुरुपयोग पनि गरियो । तर जनताको सरकार भनिने नेतृत्वले प्रजातन्त्रको खिल्ली उडाउँदै सार्वजनिक पदको दुरुपयोग गर्नेलाई उल्टै आकर्षित पुरस्कृत ग¥यो । कर्मचारी समायोजनमा गरिएको विभेद तथा पक्षपाती प्रावधानले कुनै पनि सेवाका कर्मचारीहरु यो सरकारसंग खुशी भएनन् र छैनन् । वैष्णवको भान्सा मांसाहारी अघोरी सम्प्रदायले तयार पार्ने, म्यारिज खेल्न बसेको समूहमा ए, बी, सी र डी का तासका पत्तीका गडीबाट ए नामको प्रशासनको एक्कामात्र एक्का हुने र अरुसबै अमान्य हुने विभेदकारी नियमलाई राजनीतिक तथा सरकारले आँखा चिम्लिएर स्वीकार्यो ।

यसरी गरिएको मालिक र दास बनाउने कर्मचारी समायोजन पद्धतिले साँच्चै मुलुकलाई न्याय गर्ला ? चिन्ता पाइन्छ । यसर्थ संघ, प्रदेश तथा स्थानीय तहको प्रशासनिक संरचनामाथि सरकारको ध्यान जानै पर्दछ । सम्बन्धित विज्ञहरुको सुझाव लिएर समायोजनमा भएको विगतको त्रुटी के हो ? पहिचान गरी वस्तुनिष्ठ र समन्यायिक हुने गरी अनिवार्य सच्चाएर मात्र कार्यान्वयन गरिनु पर्दछ । यी माग सर्वसाधारण आम जनता तथा सरोकारवाला कर्मचारीहरुबाट उठिरहेका छन् र नेतृत्व इमानदार बनेको देख्न चाहन्छन् । अनि मात्र प्रशासनमा सुशासन बस्ने छ र सबै पक्षमा प्रजातन्त्र, गणतन्त्र पद्धति मजबुत हुनेछ ।

(पोखरेल, नेपाल सरकारका बहालवाला उपसचिव हुन् र लेखमा व्यक्त विचार नितान्त वैयक्तिक हुन् ) 

सिफारिस

प्रधानन्यायाधीशमा शर्मा सर्वसम्मत अनुमोदन

काठमाडौं - संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्मालाई सर्वसम्मत अनुमोदन गरेको छ । मंगलबार संसदीय सुनुवाइ समितिले शर्मालाई सर्वोच्च अदालतको ३३ औं प्रधान न्यायाधीशको...

लालटिन बालेर अदालत प्रशासनविरुद्ध नेपाल बारको विरोध प्रदर्शन(तस्बिरहरु)

अदालत प्रशासनले अनपेक्षित क्रियाकलाप र गैरजिम्मेवारपूर्ण हर्क गरेको भन्दै त्यसको कडा विरोध गर्दै नेपाल बार एशोसिएसनले लालटिन बालेर प्रदर्शन गरेको छ। न्यायपालिकाभित्र हराउँदै गएको...

बालेन सरकारप्रति रास्वपाकै सांंसद सिंहको यस्तो आक्रोश

काठमाडौं - बजेटका प्राथमिकतामाथिको छलफलका क्रममा अर्थमन्त्री स्वर्णिम वाग्ले अनुपस्थित रहेको भन्दै रास्वपाकै सांसद डा. अमरेश कुमार सिंहले सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाएका छन्। प्रतिनिधिसभाको...

भर्खरै

लालटिन बालेर अदालत प्रशासनविरुद्ध नेपाल बारको विरोध प्रदर्शन(तस्बिरहरु)

अदालत प्रशासनले अनपेक्षित क्रियाकलाप र गैरजिम्मेवारपूर्ण हर्क गरेको भन्दै...

बालेन सरकारप्रति रास्वपाकै सांंसद सिंहको यस्तो आक्रोश

काठमाडौं - बजेटका प्राथमिकतामाथिको छलफलका क्रममा अर्थमन्त्री स्वर्णिम वाग्ले...

गाभिए मन्त्रालय, राखियो नयाँ साइन बोर्ड तस्विरहरु)

सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित...

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आजदेखि सुरु, कति खेलाडी छन् सहभागी ? (तस्वीरहरू)

काठमाडौँ - नेपाली सेनाको आयोजना प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता...

प्रकृतिको आराधनासँगै सकियाे उभौली (तस्वीरहरू)

ललितपुर - किरात राई समुदायको महान् सांस्कृतिक पर्व साकेला...

अमेरिकाविरुद्ध नेपालको शानदार जीत, कुशल भुर्तेलले हाने शतक

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले जित निकालेको...

धेरै पढिएको