उर्जा मन्त्रालयले भन्यो – पूर्वजानकारी बिना लोडसेडिङ भए खबर गर्नु

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङले चार वर्षे कार्यकाल पूरा गरेर बाहिरिएसँगै आम मानिस फेरि लोडसेडिङ सुरु हुने हो कि भन्ने चिन्तामा देखिन्छन्।

दैनिक १६ घण्टासम्मको लोडसेडिङ अन्त्य गरेर आम मानिसको मन जितेका घिसिङलाई दोस्रो कार्यकाल पनि प्राधिकरणमा जिम्मेवारी दिनुपर्ने माग चर्को रुपमा उठिरहेको छ। उनको पक्षमा सडकमा समेत प्रर्दशन भइरहेको छ।

घिसिङको बगिरगमनसँगै प्राविधिक कारणले विजुली जाँदासमेत आम मानिसले लोडसेडिङ सुरु भएको आशंका व्यक्त गरिरहँदा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री मन्त्रालयले पूर्वजानकारी विना आफ्नो क्षेत्रमा बत्ती गएमा तुरुन्त मन्त्रालय वा प्राधिकरणमा जानकारी गराउन आग्रह गरेको छ।

हाल देशको कुनै पनि ठाउँमा लोडसेडिङ नरहेको जनाउँदै विनाकारण बत्ती गए त्यसको जिम्मेवारी ऊर्जा मन्त्रालयले लिने मन्त्री वर्षमान पुनको सचिलायले जनाउँदै त्यसबारे जानकारी दिन आग्रह गरेको हो।

पुनः प्रेस विज्ञ दायानिधि भट्टले भने, ‘अहिले देशका कुनै पनि ठाउँमा बत्ती कटौती भएको छैन। यदि कतै पूर्वजानकारी विना विद्युत् सेवा नियमित नभएको अवस्थामा ऊर्जाको सचिवालय वा नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा तत्काल खबर गर्न अनुरोध गरेका छौं।’

सडक विस्तारका लागि पोल सर्दा, ट्रान्समिटर तथा तार जल्दा, मर्मत गर्नु पर्दाको अवस्थामा केही समय विद्युत् आपूर्ति भए बन्द हुनु स्वभाविक भए पनि विना कारण बिजुली जानु आपत्ति जनक भएको ऊर्जा मन्त्रालयको भनाइ छ।

केही स्थानमा प्राधिकरणका कर्मचारीले नै आपूर्ति विना कारण बन्द गरेको जानकारी आएकाले कडा कारबाही गर्ने चेतावनी पनि ऊर्जा मन्त्रालयले दिएको छ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको