कोरोनाका कारण गाउँ फर्केका युवाहरू बाँझो जमिन खन्दै आलुखेतीमा लागे

डम्बर निदाल
डडेल्धुरा – कोरोना भाईरस संक्रमणका कारण अहिले अधिकांस युवा गाउँघर फर्किएका छन । रोजगारीको शिलशिलामा भारतका विभिन्न ठाँउमा काम गर्ने युवाहरु कोरोना भाईरसका कारण घर फर्किए पछि अहिले सबै बेरोजगार बनेका छन । गाउँमै रोजगारी सिर्जना गर्न बाँझो जमिनमा युवाले आलुखेती थालेका हुन ।

जिल्लाको गन्यापधुरा गाउँपालिकाका युवाले आलु खेती गर्न सुरु गरेका छन । करिब पाँच दशक देखि बाँझो रहेको जमिनमा गन्यापधुरा गाउँपालिका–४ रुमाईलका युवाहरु मिली आलु खेती गर्न जुटेका हुन ।

घना जंगलको बिच बन्तोलामा करिब दुई सय रोपनी जमिन बाँझो छ । २०३२ साल यता यहाँ खेतीपाति गरिएको छैन । रुमाईल गाउँका आठ परिवारको उक्त जमिनमा युवाहरु मिलि सामुहिक रुपमा आलु खेती गर्न जुटेका छन ।
बाँझो जमिनमा आलु खेती गर्दै युवाले गाउँमै आयआर्जनका स्रोत खोजी आफ्नो भबिष्य खोजी रहेका हुन । जमिन दर्ता रहेका परिवारका युवाहरु नै मिलेर आलु खेती गर्न लागेका हुन । अहिले करिब एक सय पाँच रोपनी बढीमा आलु लगाईदै छ ।

आलुखेती खेती गर्न गाउँपालिकाले प्राबिधिकहरु पठाई सहयोग गरि रहेको छ । आलु उत्पादनमा सहयोग पुगोस भनि बन्तोलामा छ जना कृषि प्राबिधिकको समुह खटाईएको वडा नं. ४ का अध्यक्ष चेतराज भट्टले बताए । युवाहरुले सामुहिक रुपमा आलु खेती थालेका छन । गाउँपालिका र वडाको पुर्ण रुपमा साथ सहयोग रहने उनले बताए ।

गत भदौ १७ गते देखि बाँझो जमिन खन्ने कामको सुरुवात गरिएको छ । दैनिक करिब ४० र ५० जनाको संख्यामा स्थानिय लाई काममा लगाई बाँझो जमिन खनिएको छ । एक पटकको खन्ने काम सकिएको छ ।
अहिले बारिमा हाते ट्याक्टर पनि पु¥याईएको छ । आलुको बिउ पनि बारीमा पुगाउने काम भईरहेको वडा अध्यक्ष भट्टले बताए । चिसो भेग भएकाले समयमै आलु लगाई सक्नु पर्ने उनको भनाई छ ।

बाँजेका दिनमा जंगलमा भैसी पाली खेतीपाती हुन्थ्यो । तर ४५ बर्ष यता उक्त स्थानमा खेतीपाति भएको छैन ।
कोरोना भाईरसको संक्रमण फैलिए पछि भारत बाट घर आए । स्थानिय जयराज भट्टले भने, घर आए देखि आयस्रोत केही पनि छैन । बाजेले कमाई खाने जमिन बाँझो थियो । सिँचाईको पनि व्यवस्था गर्न सहज छ । गाउँघरमै आयआर्जनका स्रोत खोज्न आलु खेतीमा जुटेका छौ ।

बाँझो जमिनमा अहिले लगानी मात्रै लाग्ने भए पनि भविष्यमा आमदानिको स्रोत बन्न सक्ने उनले बताए । बन्तोलामा घर पनि छैन्न । टहरा बनाई र त्रिपाल रोकी आलु खेती गर्न सुरुवात गरिएको छ ।

स्थानिय सरकार लगायत सरोकारवाला निकायको सहयोग आवश्यक रहेको र जंगलमा खेती सुरु गरिएकाले पहिलो बर्ष उत्पादन पनि त्यति नहुने एका तिर उत्पादन कम हुने र अर्का तिर जंगली जनावरहरु बाट खेती बचाउनु पर्ने चुनौती भएको स्थानिय देवराज भट्टले बताए । यस कारण स्थानिय सरकार, कृषि ज्ञान केन्द्र लगायत कृषि पशुपालनका क्षेत्रमा काम गर्ने संघ संस्थाको सहयोग र हौसला आवश्यक रहेको उनले बताए ।

सिफारिस

रातको १२ बजेसम्म होटल सञ्चालनको अनुमति दिन माग गर्दै सीडीओलाई व्यवसायीको ज्ञापनपत्र

काठमाडौँ - राजधानीका होटल व्यवसायीले प्रहरीले राती होटल १० बजेपछि होटल, रेष्टुरेन्ट तथा मनोरञ्जन स्थल जबरजस्ती बन्द गराउँदै हिँडेको भन्दै प्रमुख जिल्ला अधिकारीसँग गुनासो...

पत्रकार फणि महतको निधन

रौतहट - रौतहटका वरिष्ठ पत्रकार फणिदेव महतको निधन भएको छ। ब्रेन ट्युमरबाट लामो समयदेखि पीडित महतको उपचारका क्रममा निधन काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका...

सिरुबारी: नेपालको पहिलो सामुदायिक होमस्टे गाउँ (तस्वीरहरू)

सिरुबारी नेपालका चर्चित सामुदायिक होमस्टे गन्तव्यहरूमध्ये एक हो, जुन गण्डकी प्रदेशको स्याङ्जा जिल्लामा अवस्थित छ। यो गाउँ पोखराबाट करिब ५८ किलोमिटर टाढा, समुद्र सतहबाट...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पत्रकार फणि महतको निधन

रौतहट - रौतहटका वरिष्ठ पत्रकार फणिदेव महतको निधन भएको...

सिरुबारी: नेपालको पहिलो सामुदायिक होमस्टे गाउँ (तस्वीरहरू)

सिरुबारी नेपालका चर्चित सामुदायिक होमस्टे गन्तव्यहरूमध्ये एक हो, जुन...

उपत्यकाव्यापी क्वान स्तरीय खुल्ला जुनियर उसु प्रतियोगिता: इष्टपोल एकेडेमी टिम प्रथम

काठमाडौँ - जोरपाटी उसु क्वानको आयोजना तथा गोकर्णेश्वोर नगरपालिकाको...

प्रधानमन्त्रीसँग अन्तर–संसदीय सम्मेलनका सहभागीको भेट

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘अन्तर–संसदीय सभामुुख सम्मेलन’ (आइएससी)का...

‘प्रचण्ड’ शौचालयमा लडेर घाइते

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल...

धेरै पढिएको