काठमाडौँ – आज मंगलबार देशका विभिन्न स्थानमा हावाहुरी सहित हल्कादेखि भारीसम्म वर्षाको सम्भावना रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

महाशाखाले मंगलबार जारी गरेको मौमस पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ भने प्रदेश १ र २ का केही स्थानमा हावाहुरीसमेत आउने सम्भावना छ।

यसैगरी राति पनि देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ भने प्रदेश १, २ र बागमती प्रदेशमा भारी वर्षाको समेत सम्भावना छ।

यसैगरी प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का केही स्थानमा वर्षाका साथ हावाहुरीसमेत चल्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया