काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य आज १७ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९५ हजार ५ सयमा कारोबार भइरहेको छ । यो सोमबार ९७२०० मा कारोबार भएको थियो।
यस्तै आज तेजावी सुन तोलामा ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य आज प्रतितोला ९० रुपैयाँले घटेको छ । महासंघका अनुसार चाँदी आज प्रतितोलामा १,२३० रुपैयाँमा कारोबार भइरहेको छ।