रोहित शर्माको सानदार प्रदर्शनका कारण कोलकातामाथि मुम्बईको सहज जित

रोहित शर्माले सानदार ८० रनको पारी खेलेसँगै इन्डियन प्रिमियर लिग आइपीएलमा साविक विजेता मुम्बई इन्डियन्सले बुधबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ४९ रनले पराजित गरेको छ।

अबुधाबीस्थित शेख जायद स्टेडियममा मुम्बईले रोहितको ८० रन मद्दतमा १ सय ९५ रन जोडेको थियो। जवाफमा कोलकत्ताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४६ रनमै समेटियो।

पाट कुमिन्सले सर्वाधिक ३३, दिनेश कार्तिकले ३० तथा नितेश रानाले २४ रन बाहेक अन्यले गतिलो प्रदर्शन गर्न सकेनन।मुम्बईका ट्रेन्ट बोल्ट, जेम्स प्याटीनसन, राहुल चाहर र जस्प्रित बुम्राहले २-२ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो। रोहितले ५४ बलमा ६ छक्का र ३ चौकासहित ८० रन प्रहार गरे। सूर्यकुमार यादबले ४७ र सौरभ तिवारीले २१ रन बनाए।

कोलकत्ताका शिवम माभीले २ तथा सुनिल नारायण र आन्द्रे रसेलले १-१ विकेट हात पारे।

आइपीएलमा दुई खेल खेल्दा मुम्बईको यो पहिलो जित हो। यसअघि पहिलो खेलमा मुम्बई चेन्नाई सुपर किंग्ससँग पराजित भएको थियो।

कोलकत्ताको भने यो पहिलो खेल हो।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको