पञ्जाबका कप्तान राहुलको नयाँ रेकर्ड : बैंगलोर ९७ रनले पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल)मा किङ्स इलाभेन पन्जाबले पहिलो जित दर्ता गरेको छ । बिहीबार राति यूएईमा भएको खेलमा पञ्जाबले रोयल च्यालेन्जर्स बैंगलोरमाथि सहज जित दर्ता गरेको हो ।

२ सय ७ रनको लक्ष्य पछ्याएको बैंगलोर १७ ओभरमा १ सय ९ रन बनाएर अलआउट हुँदा पन्जाबले ९७ रनको जित दर्ता गरेको छ। टस हारेर ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ३ विकेट गुमाएर २ सय ६ रन बनाएको थियो ।

पन्जाबका लागि कप्तान केएल राहुलले ६९ बलमा ७ छक्का र १४ चौका हान्दै १ सय ३२ रनको शतकीय पारी खेले । योसँगै उनी यो सिजनको आईपीएलमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् ।

पन्जाबका लागि मायांक अग्रवालले २६, निकोलस पुरनले १७, करुण नायरले १५ रन जोडे ।​बैंगलोरका शिबम डुबेले २ र युजभेन्द्र चाहलले १ विकेट लिएका थिए ।

खेलमा बैंगलोरका लागि वासिङ्गटन सुन्दरले सर्वाधिक ३०, एबी डी भिलियर्सले २८, आरोन फिन्च २० र शिवम डुबे १२ रन जोडे ।

पन्जाबका रवि विश्नोई र मुरुगान आश्विनले तीन–तीन विकेट लिए भने सेलड्रोन कोट्रेलले दुई विकेट लिए । पन्जाबले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा पन्जाब सन्दीप लामिछानेको टिम दिल्ली क्यापिटल्ससँग पराजित भएको थियो ।

पञ्जाबका कप्तान केएल राहुल ११ करोड रुपैयाँसहित टोलीको सबैभन्दा महँगो खेलाडी हुन् । उनले १४ चौका र ७ छक्काको मद्दतले १ सय ३२ रनको शानदारी पारी खेले । यो सिजनको पहिलो शतक हो । उनको शतकको मद्दतले पञ्जाबले ३ विकेटको क्षतिमा २०६ रन बनायो । राहुलको आईपएलमा दोस्रो शतक हो । योसँगै उनी आईपीएलमा सबैभन्दा ठूलो स्कोर बनाउने भारतीय बनाएका छन् ।

त्यस्तै, आईपीएलमा सबैभन्दा चाँडो २ हजार रन पुरा गर्ने खेलाडी पनि बनेका छन् । उनले ६९ खेलमा ६९ इनिङमा यो कीर्तिमान आफ्नो नाम गरेका हुन् । यो रेकर्ड पहिले सचिन तेन्दुल्करको नाममा थियो ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको