गाउँपालिका अध्यक्ष खड्का पुर्पक्षका लागि थुनामा

रामेछाप – रामेछापको लिखु तामाकोशी गाउ“पालिकाका अध्यक्ष गोबिन्दवहादुर खड्कालाई जवरजस्ती करणी गरेको अभियोगमा रामेछाप जिल्ला अदालतले पुर्पक्षमा राख्ने आदेश गरेको छ ।
तिन दिनको बहस सकेर शुक्रबार जिल्ला न्यायाधीश स्वीकृति पराजुलीको इजलासले उक्त आदेश दिएको हो । खड्का विरुद्ध गाउ“पालिकामा कार्यरत चनखु घर भएकी एक स्वास्थ्यकर्मीले आफु माथि जवरजस्ती करणी गरेको जाहेरी दर्ता गराएकी थिईन ।

खड्का विरुद्ध ३ वटा मुद्धामा प्रहरीले एकै साथ अनुसन्धान गरेको थियो । तीन मध्ये अन्य दुई मुद्धामा भने अदालतले धरौटी माग गरेको छ । खड्का विरुद्ध धोवि वजार सडक तथा नाला निर्माणका लागि गठित उपभोक्ता समितिका अध्यक्ष दर्पण घिसिङ्ग तामाङ्गलाई पालिकामा शरीर वन्धक वनाएको मुद्धामा २ लाख र स्थानीय शेरवहादुर खड्काको जग्गा लेनदेनका क्रममा ठगि गरेको अभियोगमा दायर भएको मुद्धामा ५० लाख धरौटी माग गर्ने फैसला समेत पराजुलीको इजलासले गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक टेकेन्द्र शर्मा पौडेलका अनुसार अदालतले खड्का सगैं शरिर वन्धक मुद्धामा विपक्षी वनाइएका लालवहादुर तामाङ्गलाई १ लाख धरौटी मागेको छ । पौडेलले अदालतको प्रकृया पुरा गरी खड्कालाई आजै रामेछाप कारागार चलान गर्ने तयारी रहेको वताए ।

शरिर बन्धक मुद्धामा दर्पण घिसिङ्गको जाहेरी परेपछि पक्राउ परेका खड्काका विरुद्ध जिल्ला प्रहरी कार्यालयको हिरासतमै रहेका बेला थप दुई मुद्धा दर्ता भएका थिए । प्रहरीले तीनवटै मुद्धाको अनुसन्धानका लागि खड्कालाई २५ दिन थुनामा राखेको थियो । अनुसन्धान सकेर बयानका लागि अदालतमा पेश गरेको बेला कोरोना संक्रमण देखिएपछि अदालतले खडकालाई थप १५ दिन प्रहरी हिरातकै आईसुलेसनमा राख्न आदेश दिएको थियो । हिरासतमा रहेका खड्कालाई दोश्रो पटक समेत कोरोना पोजेटिभ आएको थियो ।

सिफारिस

पशुपतिनाथ मन्दिर परिसरमा शतबीज छर्नेको भिड (तस्वीरहरू)

प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन आज बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज मनाइएको छ । आजको दिन पशुपतिनाथसहित देशभरका शिवालय परिसरमा दिवंगत पितृको...

कर्णालीलाई चितवनले ४ विकेटले हरायो (तस्वीरहरू)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा कर्णाली याक्सलाई चितवन राइनोजले ४ विकेटले पराजित गरेको छ । टस हारेर पहिला व्याटिङ गरेको कर्णालीले...

एनपिएल: आज पनि र्कीतिपुरमा खेल हेर्नको भिड (तस्वीरहरू)

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज दुई खेल भइरहेका छन्। चारवटै टोलीमा विदेशी खेलाडीको सहभागिताले र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानभित्र...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कर्णालीलाई चितवनले ४ विकेटले हरायो (तस्वीरहरू)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा...

एनपिएल: आज पनि र्कीतिपुरमा खेल हेर्नको भिड (तस्वीरहरू)

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज...

फ्लड लाइटको उज्यालोमा एनपीएल हेर्न झुम्मिएका दर्शक (तस्वीरहरू)

मौसम चिसिदै गएको मंसिरको प्रारम्भमा सुरु भएको नेपाल प्रिमियर...

 एनपिएल : उद्घाटन खेलमा जनकपुरविरुद काठमाडौंको जित

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा...

सुदूरपश्चिबाट एनपीएल खेल्ने क्रिस लिन नेपाल आइपुगे

काठमाडौँ - सुदूरपश्चिम रोयल्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग...

फ्लड लाइटमा यस्तो देखियो त्रिवि क्रिकेट रंगाशाला (तस्वीरहरू)

काठमाडौँ - सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निमार्ण...

धेरै पढिएको