गाउँपालिका अध्यक्ष खड्का पुर्पक्षका लागि थुनामा

रामेछाप – रामेछापको लिखु तामाकोशी गाउ“पालिकाका अध्यक्ष गोबिन्दवहादुर खड्कालाई जवरजस्ती करणी गरेको अभियोगमा रामेछाप जिल्ला अदालतले पुर्पक्षमा राख्ने आदेश गरेको छ ।
तिन दिनको बहस सकेर शुक्रबार जिल्ला न्यायाधीश स्वीकृति पराजुलीको इजलासले उक्त आदेश दिएको हो । खड्का विरुद्ध गाउ“पालिकामा कार्यरत चनखु घर भएकी एक स्वास्थ्यकर्मीले आफु माथि जवरजस्ती करणी गरेको जाहेरी दर्ता गराएकी थिईन ।

खड्का विरुद्ध ३ वटा मुद्धामा प्रहरीले एकै साथ अनुसन्धान गरेको थियो । तीन मध्ये अन्य दुई मुद्धामा भने अदालतले धरौटी माग गरेको छ । खड्का विरुद्ध धोवि वजार सडक तथा नाला निर्माणका लागि गठित उपभोक्ता समितिका अध्यक्ष दर्पण घिसिङ्ग तामाङ्गलाई पालिकामा शरीर वन्धक वनाएको मुद्धामा २ लाख र स्थानीय शेरवहादुर खड्काको जग्गा लेनदेनका क्रममा ठगि गरेको अभियोगमा दायर भएको मुद्धामा ५० लाख धरौटी माग गर्ने फैसला समेत पराजुलीको इजलासले गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक टेकेन्द्र शर्मा पौडेलका अनुसार अदालतले खड्का सगैं शरिर वन्धक मुद्धामा विपक्षी वनाइएका लालवहादुर तामाङ्गलाई १ लाख धरौटी मागेको छ । पौडेलले अदालतको प्रकृया पुरा गरी खड्कालाई आजै रामेछाप कारागार चलान गर्ने तयारी रहेको वताए ।

शरिर बन्धक मुद्धामा दर्पण घिसिङ्गको जाहेरी परेपछि पक्राउ परेका खड्काका विरुद्ध जिल्ला प्रहरी कार्यालयको हिरासतमै रहेका बेला थप दुई मुद्धा दर्ता भएका थिए । प्रहरीले तीनवटै मुद्धाको अनुसन्धानका लागि खड्कालाई २५ दिन थुनामा राखेको थियो । अनुसन्धान सकेर बयानका लागि अदालतमा पेश गरेको बेला कोरोना संक्रमण देखिएपछि अदालतले खडकालाई थप १५ दिन प्रहरी हिरातकै आईसुलेसनमा राख्न आदेश दिएको थियो । हिरासतमा रहेका खड्कालाई दोश्रो पटक समेत कोरोना पोजेटिभ आएको थियो ।

सिफारिस

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

भर्खरै

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

धेरै पढिएको