काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक तथा त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानकी डिन प्रा.डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको उनले बताइन्।
‘हल्का थकाइ लागेको अनुभव भइरहेको छ, ज्वरो आएको छ। अरू खासै समस्या छैन’, उनले भनिन्।
आफू अहिले होम आइसोलेसनमै बसिरहेको उनले बताइन्।
