काठमाडौँ – कैलालीको धनगढी–१४ स्थित खुटिया खोलामा सशस्त्र प्रहरीका जवान मृत अवस्थामा फेला परेका छन् । सुर्खेतको लेकबेसी नगरपालिका घर भएका २१ वर्षीय कुमार सारु मगरको शव खोलामा फेला परेको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) मुकेशकुमार सिंहले जानकारी दिए ।
शव पोष्टमार्टमको लागि सेती प्रादेशी अस्पताल धनगढीमा राखिएको छ । पोष्टमार्टमपछि मृत्युको कारण खुल्ने एसएसपी सिंहले बताए । कुमार सारु बोर्डअर आउट पोष्ट बेस जुगेडा कैलालीमा कार्यरत थिए ।