डम्बर निदाल
डडेल्धुरा – डडेल्धुरामा अवैध काठ सहित २ जना पक्राउ परेका छन् । जिल्लाको परशुराम नगरपालिका—३ शिर्षबाट अवैध काठ ओसारी रहेका २ जना पक्राउ परेका हुन् । शुक्रबार राति जंगलबाट काठसहित उनिहरूलाई सवडिभिजन वन कार्यालय परशुराम र प्रहरीको सयुक्त टोलीले पक्राउ गरेको हो ।
रातिको समयमा अवैध काठ काटी ओसारी रहेको ट्याक्टर र दुई जना व्यक्तिलाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय जोगबुढाका सहायक वन अधिकृत दीपेन्द्र केसीले जानकारी दिए ।
चिरान गरेको सालको २५ थान कडी समेत बरामद गरिएको वन अधिकृत केसीले बताए । बरामद गरिएको काठ अहिले डिभिजन वन कार्यालयमा राखिएको छ । पक्राउ परेका दुबै जनालाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालयलाई राखिएका छन् ।
अवैध काठसहित समातिएका ब्यक्तिलाई शनिबार नै जिल्ला पठाइने जनाइएको छ । अहिले मुचुल्का बनाउने काम भइरहेकाले दोषी उपर थप अनुसन्धान गरि कानुनी कारवाही गरिने छ । नियन्त्रणमा रहेका दुवै जनालाई कारवाही तथा अनुसन्धानका लागि डिभिजन वन कार्यालय झिकाइएको डिभिजन वन कार्यालय जोगबुढाका सहायक वन अधिकृत वन अधिकृत केसीले बताए ।
डडेल्धुरा जिल्लाको भित्रि मधेशको परशुराम नगरपालिका र आलिताल गाउँपालिका मा महिनै पिच्छे काठ तस्करका घट्नाहरु सार्वजनिक भईरहेका छन् । करिव एक महिना अगाडी आलितालमा ठुलो मात्रामा अवैध सालको काठ समातिएको थियो ।