अवैध काठ सहित २ जना पक्राउ

डम्बर निदाल
डडेल्धुरा – डडेल्धुरामा अवैध काठ सहित २ जना पक्राउ परेका छन् । जिल्लाको परशुराम नगरपालिका—३ शिर्षबाट अवैध काठ ओसारी रहेका २ जना पक्राउ परेका हुन् । शुक्रबार राति जंगलबाट काठसहित उनिहरूलाई सवडिभिजन वन कार्यालय परशुराम र प्रहरीको सयुक्त टोलीले पक्राउ गरेको हो ।
रातिको समयमा अवैध काठ काटी ओसारी रहेको ट्याक्टर र दुई जना व्यक्तिलाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय जोगबुढाका सहायक वन अधिकृत दीपेन्द्र केसीले जानकारी दिए ।
चिरान गरेको सालको २५ थान कडी समेत बरामद गरिएको वन अधिकृत केसीले बताए । बरामद गरिएको काठ अहिले डिभिजन वन कार्यालयमा राखिएको छ । पक्राउ परेका दुबै जनालाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालयलाई राखिएका छन् ।

अवैध काठसहित समातिएका ब्यक्तिलाई शनिबार नै जिल्ला पठाइने जनाइएको छ । अहिले मुचुल्का बनाउने काम भइरहेकाले दोषी उपर थप अनुसन्धान गरि कानुनी कारवाही गरिने छ । नियन्त्रणमा रहेका दुवै जनालाई कारवाही तथा अनुसन्धानका लागि डिभिजन वन कार्यालय झिकाइएको डिभिजन वन कार्यालय जोगबुढाका सहायक वन अधिकृत वन अधिकृत केसीले बताए ।

डडेल्धुरा जिल्लाको भित्रि मधेशको परशुराम नगरपालिका र आलिताल गाउँपालिका मा महिनै पिच्छे काठ तस्करका घट्नाहरु सार्वजनिक भईरहेका छन् । करिव एक महिना अगाडी आलितालमा ठुलो मात्रामा अवैध सालको काठ समातिएको थियो ।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको