काठमाडौँ – कञ्चनपुरको पुनर्वासबाट अवैध सुनका गरगहना सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार साँझ कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ डोकेबजार स्थित सिमा नाका क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेका २ जनालाई अवैध सुनका गरगहना सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
डोटीको के आई सिंह गाउँपालिका २ बस्ने २२ वर्षीय मोहन कामी र सोही ठाउँ बस्ने १९ वर्षीय सुनिल भुजेल ४ सय ४० ग्राम ६ सय ३० मिलिग्राम बिभिन्न किसिमका तयारी सुनका गरगहना सहित पक्राउ परेका हुन् । पक्राउ परेका दुबै ब्यक्तिबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
