डडेल्धुराको अजयमेरुका विद्यालयमा पठनपाठन शुरु

डम्बर निदाल
डडेल्धुरा – कोरोनाको महामारीका कारण करिव छ महिना देखी बन्द रहेका विद्यालय पहिलो चोटि खुल्न थालेका छन् । डडेल्धुरा जिल्लाको एक स्थानीय तहका विद्यालय खुल्न थालेका छन् । जिल्लाको अजयमेरु गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालय खुलेका छन् ।

लकडाउनको समयमा क्वारेटाईनमा प्रयोग गरीएका विद्यालयका भवन,कक्षाकोठा लगायतका क्षेत्रहरु लाई पुर्णरुपमा निर्मुलीकरण गरीएको र पठनपाठनका लागी स्थानीय तहमा रहेका विद्यालय संचालनका लागि प्रधानाध्यापक, अभिभावक, विद्यालय कर्मचारी र अन्य सरोकारवालासँग राय सुझाव संकलन गरी विद्यालय संचालन गर्ने निर्णय गरेको र सोही निर्णय अनुसार सबैको सहमतीमा विद्यालय संचालन गरीएको अजयमेरु गाउँपालिका प्रमुख उमेश प्रसाद भट्ट’विकासले जानकारी दिए ।

आइतबारदेखि सामाजिक दुरी कायम गर्नुका साथै बिधार्थीलाई प्रत्यक्ष निगरानीमा राखी विद्यालयमा निरन्तर पढाइको सुरुवात गरिएको छ । जिल्लामा अजयमेरुले गाउँपालिका स्तरीय निर्णय गरी विद्यालय खोल्ने सहमति गरेको हो । सोही सहमति र निर्णयका आधारमा आजदेखि पढाइ सुचारु गरिएको हो ।

३२ वटा सामुदायिक विद्यालय रहेको उक्त गाउँपालिकाका सबै विद्यालयमा अभिभावक, शिक्षक र शिक्षा शाखा अजयमेरुसँगको छलफल पछि विद्यालय खोलिएको उनले बताए । अजयमेरु गाउँपालिकामा कोरोना संक्रमितको संख्या ४ जना रहेपनि उनीहरु लाई आईसोलेशनमा राखिएको र उनिहरुको स्वास्थ्य अबस्था सामान्य रहेको साथै अहिले उनिहरुमा कुनै किसमको लक्षण नभएको समेत उनले बताए ।
कोरोनाको जोखिमलाई मध्यनजर गर्दै नियमित विद्यालय खोल्ने निर्णय गरेको अजयमेरु गाउँपालिकाले जनाएको छ । साथै विधार्थीलाई कोरोनाबाट जोगिन स्वास्थ्य सामाग्री तथा सम्पूर्ण सुरक्षाका सामग्री अपनाएर सिप्ट मिलाएर विद्यालयमा नियमित पठनपाठन गर्ने जनाएको छ ।

हालका लागि विद्यालयको चौरमा समाजिक दुरी कायम गरी पठनपाठन कार्य गराइरहेको अजयमेरु— १ मा रहेको वालकल्याण माविका शिक्षकले बताए ।
अजयमेरु गाउँपालिकामा बालबालिकालाई पढाइतिर उन्मुख गर्नका लागि अभिभावकको राय,सुझाव लिई नियमित विद्यालय सुचारु गरिएको अजयमेरु शिक्षा शाखाले जनाएको छ ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको