विशाल लक्ष्य पछ्याएको राजस्थान रोयल्सको रोमान्चक जित, सञ्जु बने नायक

युएइ – आइपीएलअन्तर्गत गएराति सम्पन्न खेलमा किंग्स इलेभेनविरुद्ध राजस्थान रोयल्सले रोमान्चक जित निकालेको छ । रनको वर्षा भएका उक्त खेलमा राजस्थानले पञ्जाबको २२३ रनको लक्ष्य भेटाएको हो । निर्धारित २० ओभरमा पञ्जाबले मात्र २ विकेट गुमाएर बनाएको २२३ रनको लक्ष्य राजस्थानले १९ ओभर ३ बलमा भेटाएको थियो ।

पञ्जाबका लागि ओपनरद्वय लोकेश रावल र मयंका अग्रवालले ठोस सुरुवात गरेका थिए । कप्तान रावलले ५४ बलमा ६९ रन बनाएका थिए भने अग्रवालले ७ छक्का र १० चौकाको सहयोगमा ५० बलमा १०६ रन रनको योगदान दिए । त्यसपछि ग्लेन म्याक्सवेलले १३ र निकोलस पुरनले २५ रन बनाउँदा राजस्थानविरुद्ध चुनौतिको विशाल पहाड खडा भयो ।

२२३ रन चेन्ज गर्न मैदान छिरेको राजस्थानले ओपनर जोस बोटलरलाई सुरुमै गुमाएको थियो । त्यसपछि आएका सञ्जु सामसुङले विस्फोटक ब्याटिङ गरेर टिमलाई जितको आधार खडा गरेका थिए । सञ्जुले ४२ बलमा ७ छक्का र ४ चौकाको सहयोगमा ८५ रनको योगदान दिए । उनलाई कप्तान स्टिपेन स्मितले साथ दिएका थिए । उनले पनि २७ बलमा अर्धशतक पूरा गरेका थिए । राजस्थानका लागि राहुल टिवेटेवालाले ३१ बलमा ५३ रन बनाएपछि राजस्थान जीतको नजिक पुगेको थियो । अलराउन्डर जाफर आर्चरले ३ बलमा १३ रन बनाएपछि राजस्थानले विजय लक्ष्य भेट्यो ।

पञ्जाबका लागि महोम्मद सामीले ३ विकेट लिएका थिए । किफायती बलिङ गरेका रवि विस्नोइको नाममा २ विकेट रह्यो ।

सोमबार साँझको खेल रोयल च्यालेन्जर बंगलोर र मुम्बइ इण्डियन्सबीच हुनेछ ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको