स्वास्थ्यमा गम्भीर असर गर्ने विषाक्त रसायन भेटिएपछि थप ९ वटा स्यानिटाइजरमा प्रतिबन्ध

काठमाडौं – स्वास्थ्यमा गम्भीर असर गर्ने विषाक्त रसायन मिथानेल भेटिएपछि औषधि व्यवस्था विभागले थप ९ वटा स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ। राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्ड ‘इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजरसम्बन्धी स्तर २०७६’ विपरीत मानव स्वास्थ्यमा गम्भीर नकारात्मक असर पार्ने भएकाले थप ९ वटा स्यानिटाइजरमा प्रतिबन्ध लगाइएको विभागले जनाएको छ।

प्रतिबन्ध लगाइएका स्यानिटाइजरमा भारतीय कम्पनी शिभिका कस्मेक्युटिकल्स लिमिटेड उत्तराखण्डको हर्बलट्री ह्याण्ड रब, आर केमिकल एण्ड प्याकेजिङ इण्डस्ट्रीज पर्साद्वारा रिप्याक गरिएका कुम ह्याण्ड स्यानिटाइजर र क्लिन ह्याण्ड स्यानिटाइजर, कुमकुम हर्बल इण्डस्ट्रिज बनेपाका कुमकुम इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर (५०० मिलि) र ५ लिटर रहेका छन्।

यस्तै, ओम आरोग्य हेल्थकेयर प्रालि इमाडोल ललितपुरको इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर, साधना सप्लायर्स काठमाडांैको साधना इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर तथा कालिका सोप एण्ड केमिकल इण्डस्ट्रिजका ड्रोन ह्याण्ड स्यानिटाइजर (पहेंलो रंगको) र रंगविनाका २ स्यानिटाइजर रहेका छन्।

विभागले यस्ता स्यानिटाइजरको उत्पादन तथा बिक्री वितरण अविलम्ब रोक्का राख्न सम्पूर्ण सरोकारवालाहरुलाई सूचित गराएको छ।

यसअघि विभागले ९ वटा स्यानिटाइजरमा प्रतिबन्ध लगाइसकेको छ। योसँगै प्रतिबन्ध लगाइएका स्यानिटाइजरको संख्या १८ पुगेको छ।

सिफारिस

रातको १२ बजेसम्म होटल सञ्चालनको अनुमति दिन माग गर्दै सीडीओलाई व्यवसायीको ज्ञापनपत्र

काठमाडौँ - राजधानीका होटल व्यवसायीले प्रहरीले राती होटल १० बजेपछि होटल, रेष्टुरेन्ट तथा मनोरञ्जन स्थल जबरजस्ती बन्द गराउँदै हिँडेको भन्दै प्रमुख जिल्ला अधिकारीसँग गुनासो...

पत्रकार फणि महतको निधन

रौतहट - रौतहटका वरिष्ठ पत्रकार फणिदेव महतको निधन भएको छ। ब्रेन ट्युमरबाट लामो समयदेखि पीडित महतको उपचारका क्रममा निधन काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका...

सिरुबारी: नेपालको पहिलो सामुदायिक होमस्टे गाउँ (तस्वीरहरू)

सिरुबारी नेपालका चर्चित सामुदायिक होमस्टे गन्तव्यहरूमध्ये एक हो, जुन गण्डकी प्रदेशको स्याङ्जा जिल्लामा अवस्थित छ। यो गाउँ पोखराबाट करिब ५८ किलोमिटर टाढा, समुद्र सतहबाट...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पत्रकार फणि महतको निधन

रौतहट - रौतहटका वरिष्ठ पत्रकार फणिदेव महतको निधन भएको...

सिरुबारी: नेपालको पहिलो सामुदायिक होमस्टे गाउँ (तस्वीरहरू)

सिरुबारी नेपालका चर्चित सामुदायिक होमस्टे गन्तव्यहरूमध्ये एक हो, जुन...

उपत्यकाव्यापी क्वान स्तरीय खुल्ला जुनियर उसु प्रतियोगिता: इष्टपोल एकेडेमी टिम प्रथम

काठमाडौँ - जोरपाटी उसु क्वानको आयोजना तथा गोकर्णेश्वोर नगरपालिकाको...

प्रधानमन्त्रीसँग अन्तर–संसदीय सम्मेलनका सहभागीको भेट

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘अन्तर–संसदीय सभामुुख सम्मेलन’ (आइएससी)का...

‘प्रचण्ड’ शौचालयमा लडेर घाइते

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल...

धेरै पढिएको