एट्लेटिको म्याड्रिडको डेब्यूमा लुईस सुआरेजको कीर्तिमानी प्रदर्शन

एट्लेटिको म्याड्रिडको डेब्यूमा लुईस सुआरेजले दुई गोल गर्नुका साथै एक गोलमा सहायकको भुमिका निभाएका छन्।  ७०औं मिनेटमा मैदान प्रवेश गरेका सुआरेजको सानदार प्रदर्शनको मद्दतमा आइतबार राति स्पेनिस ला लिगामा भएको खेलमा म्याड्रिडले ग्रानाडालाई ६-१ गोलअन्तरले पराजित गर्यो।

भर्खरै बार्सिलोनाबाट अनुबन्ध भएका सुआरेज मैदान प्रवेश गर्नुअघि एट्लेटिकोका डियगो कोस्टा, एन्जिल कोरिया र जोए फेलिक्सले गोल गरिसकेका थिए। उनले मैदान प्रवेश गरेको दोस्रो मिनेटमा नै मार्कुस लोरेन्टेको गोलमा पास उपलब्ध गराएका थिए।

८५औं मिनेटमा लोरेन्टको क्रसमा हेडर गोल गर्दै सुआरेजले डेब्यू गोल गरे भने इन्जुरी समयमा रिबाउन्डमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ६-१ को जित दिलाए।

गत शुक्रबारमात्रै सुआरेज एट्लेटिकोसँग दुई वर्षका लागि अनुबन्ध भएका थिए।  एट्लेटिकोको इतिहासमा डब्यू खेलमा गोल गर्ने र सहायकको भुमिका खेल्ने उनी पहिलो खेलाडी बने।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको