काठमाडौँ – नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै चाँदी पनि आइतबारकै मूल्य ११५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
