डम्बर निदाल
डडेलधुरा – चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै आमरण अनसनमा रहेका सत्याग्ही डा. गोबिन्द केसीका मागहरुलाई ऐक्यबद्धता जनाउँदै डडेल्धुरामा प्रदर्शन भएको छ ।
सत्याग्रही डा. गोबिन्द केसीले पटक पटक उठाउनु भएका मागहरु सम्बोधन गर्न नागरिक समाज डडेल्धुराले समर्थन र ऐक्यबद्धता जनाउँदै जनताको मौकिक हक कार्यान्वयन तथा बलात्कार पछि हत्या गरिएकी बझाङकी १२ बर्षिय वालिकाका हत्यारालाई यथाशिघ्र पत्ता लगाई कानूनी कठघरामा उभ्याउन सरकारलाई दबाब दिने उद्देश्यले ¥याली निकाली प्रदर्शन गरिएको हो।

नेपाली जनताको हितमा जायज मागहरु राखेर सडक संघर्ष वा सत्याग्रह गर्नु बिडम्बनापूर्ण रहेको ठहर गर्दै डा. केसीले उठाएका मागहरुलाई अबिलम्ब सम्बोधनका लागि डडेल्धुराबासीले कोरोना संक्रमणको बेला पनि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउदै सरकारको ध्यानाकर्षण गराएका छन ।
सोमबार दिउसो जिल्ला सदरमुकाम तुफानडाँडा चोक बाट निकालिएको ¥याली बागबजारको बसपार्क हुदै भिमदत्तचोकमा कोण सभा गरेको थियो ।
कोण सभालाई सम्बोधन गर्दै नागरिक समाज डडेल्धुरा अध्यक्ष रमेश जोशीले डा.केसीका माग सबै जायज भएकाले तत्काल सरकारले सम्बोधन गरी उनको जीवन रक्षा गर्नु पर्ने बताए । बेला बेलामा सरकारले डा.केसी संग गरेका सम्झौता समेत कार्यान्वय नगरेकाले कार्यान्वयनको चरणमा लैजानु पर्ने उनको भनाई थियो ।
नेपाल सरकारले बलत्कार, हत्या हिंसाका दोषि लाई पनि उन्मुक्ति दिएको आभास भएकाले सम्झना कामीका बलत्कारि र हत्यारालाई कार्वाहीको दायरामा ल्याई न्यायिक शासन व्यवस्थाको विश्वास दिलाउनु पर्ने उनको भनाई छ ।
सरकारले सत्याग्रही केसीलाई उपचारका लागि भन्दै जर्बजस्ती काठमाण्डौं लगिएको घटना पशुवत व्यवहार भएको भन्दै केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएकोमा आन्दोलन मार्फत चिन्ता पनि प्रकट गरेका छन । डडेल्धुरा अस्पताल स्तरोन्नती सहित मेडिकल कलेज स्थापनाका लागि डडेल्धुरामा १७ औं आमरण अनसन बसेका डा.केसीले सुदूरपश्चिमका जनताको हितमा रहेको उठाएका मागहरु पनि कार्यान्वयनमा लैजान नागरिकहरुले आग्रह गरेका छन ।
यसै गरी बझाङ जिल्ला मष्टा गाँउपालिका वडा नम्बर २ की १२ बर्षिया सम्झना कामीको बलात्कारपछि निर्मम हत्या भएको घटनाले समग्र मानव सभ्यतालाई समेत लज्जित बनाएको तर सरकार मुकदर्शक बनेको आरोप लगाउँदै कञ्चनपुरकी १३ वर्षिय वालिका निर्मला हत्याकाण्का दोषीलाई उन्मुक्ति भए झैं सम्झनाले पनि न्याय नपाउने अवस्था नआओस भन्ने चेतावनी दिई घटनाको सत्यतथ्य छानविन गरि अपराधिलाई यथाशिघ्र कडा कानूनी दायरामा ल्याउन सरकारसँग माग राखेका छन ।
आन्दोलनलाई दलित महिला अधिकारकर्मी संस्था दलित महिला संघले पनि उल्लेख्य महिला सहभागि गरी समर्थन गरेको थियो ।
