डम्बर निदाल
डडेल्धुरा – डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले राजमार्ग क्षेत्र तथा गाउँमा छाडा छोडेका पशुचौपायाको संरक्षणका लागि भवन निर्माण गरीरहेको छ । धार्मिक, ऐतिहांसिक प्राकृतिक रुपमा रमणिय रहेको गन्यापताल क्षेत्रमा छाडा छोडेका पशुचौपायाका लागी भवन बनाईएको हो ।
छाडा गाईबस्तु सुरक्षाका लागि गन्यापधुर गाउँपालिकाले गन्यापताल लेकमा करिब २ सय १५ गाई बस्न सक्ने क्षमताको भवन निर्माण गरेको छ । छाडा पशुचौपायाका लागी गन्यापधुरा गाउँपालिकाले जंगलमा गोठ बनाएको छ । करिव तिन लाखको लगानीमा एक संरक्षण भवन निमार्ण गरि छाडा गाईबस्तुलाई त्यहाँ राखेको गाउँपालिकाले जनाएको छ ।
घना जंगल गन्यापताल क्षेत्रमा सयौका संख्यामा गाई तथा घर पालुवा पशु चौपाया छोडिने गरेका छन । अत्याधिक चिसो क्षेत्रमा पशुचौपायको सहजताका लागी गोठ निर्माण गरिएको हो । अहिले अढाई सय बढी पशुचौपाय अटाउने काठको भवन बनाई जस्तापाताले छानो छाईएको छ । अझै तिन चार वटा अरु गोठ पनि बनाईने गाउँपालिका अध्यक्ष नबल मल्लले बताए ।
गन्यापताल क्षेत्र संग डोटीको शिखर नगरपालिका र जोरायल गाउँपालिकाको सिमा जोडिएको छ । शिखर नगरपालिका र जोरायल गाउँपालिका लाई पनि गोठ निर्माणका लागी आग्रह गरेको अध्यक्ष मल्लले बताए ।निर्माण गरिएको गोठमा हाल सवा एक सय जति गाईहरु आफै आई बाँस बस्छन । आगामी दिनमा अझै यस्ता गोठ निर्माण गरि पशु चौपायाको बाँच्ने हकको पनि संरक्षण गर्ने योजनामा गाउँपालिका रहेको उनले बताए ।
परापुर्व कालदेखि मानव ईतिहास धार्मिक रुपमा गाईसंग जोडिएको छ । जीवन सहजताका लागि कृषि खेतिपाती र आर्थिक व्यवस्थापनमा गाईको महत्व छ । र हाम्रो धर्म संस्कृतिले पनि गाई लाई पनि माताको रुपमा लिईन्छ । आज आधुनिक संसारमा गाईको अपमान गरि जताततै छाडा छोडिदिने गरेकाले गाईको संरक्षणको अपेक्षा हामी मानव बाटै गरेका छौ । यस कारण जंगलमा छोडिएका गाई लाई चिसो बाट जोगाउन गोठ निर्माण गरेको उनले बताए ।