नवदुर्गा गाउँपालिका द्धारा डडेल्धुरा अस्पताललाई १० लाखको चेक हस्तान्तरण

डम्बर निदाल

डडेल्धुरा – नवदुर्गा गाउँपालिकाले डडेल्धुरा अस्पताल लाई १० लाखको चेक हस्तान्तरण गरेको छ ।
डडेल्धुरा अस्पतालमा संचालन भएको पिसिआर ल्याब संचालन तथा संकट समाधानका लागि नवदुर्गा गाउँपालिकाले अस्पताललाई १० लाखको चेक हस्तान्तरण गरेको हो ।

सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लाको केन्द्र विन्दुमा रहेको डडेल्धुरा अस्पतालमा कोरोना परिक्षण ल्याब स्थापना भई पिसिआर परिक्षण भईरहेको छ । कोरोना नियन्त्रण तथा रोकथाम गर्ने उद्धेश्यले स्थापना गरीएकोे कोरोना परिक्षण प्रयोगशालालाई अझ व्यवस्थित गर्न र आवश्यक जनशक्ति ब्यवस्थापन गर्नका लागि नवदुर्गा गाउँपालिकाले अस्पताललाई १० लाख रुपैया सहायता गरेको नवदुर्गा गाउँपालिका प्रमुख कबिन्द्र बिष्टले बताएका छन् ।
कोरोनाको महामारी शुरु भएसंगै डडेल्धुराका स्थानिय तहहरुले डडेल्धुरा अस्पतालमा कोरोना परिक्षण प्रयोगशाला स्थापना गर्ने र उक्त प्रयोगशाला संचालनका लागि आर्थिक सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए सोही प्रतिवद्धता अनुसार अस्पताललाई १० लाख सहयोग गरेको नवदुर्गा गाउँपालिकाले जनाएको छ ।


डडेल्धुरामा कोरोना परिक्षण ल्याब संचालनमा आएपछि डडेल्धुरा लगायत सुदुरपश्चिमका अन्य जिल्लाहरुको पिसिआर परिक्षण हुदै आएको र पछिल्लो समय अस्पतालले प्रदान गर्ने सेवा सुविधाहरुमा पनि सुधार हुदै आएको र अझै डडेल्धुरा अस्पतालको अन्य गुणस्तर सुधारका लागि स्थानिय तहबाट भएको आर्थिक तथा भौतिक सहयोगले थप उर्जा प्राप्त भएको छ र अझै अरु स्थानिय तहहरु वाट पनि सहयोगको आशा रहेको साथै स्थानिय तहहरुसंग सधै समन्वय र सहकार्य गरेर अगाडी बढ्ने अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझाले बताए ।

सिफारिस

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो दिन आयोजित रेड कार्पेट समारोहमा स्वदेशी तथा विदेशी कलाकार, फिल्मकर्मी र विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदी फरार भएका छन्। शुक्रबार राति कारागारभित्र ४ मिटर ६३ सेन्टिमिटर लामो सुरुङ...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको छ। काठमाडौँ महानगरपालिकाको आयोजनामा सुरु भएको तीनदिने महोत्सवको उद्घाटन समारोहमा सहभागी अतिथिहरूलाई महाकाली नाचलगायत विभिन्न...

भर्खरै

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको...

खाद्य प्रविधि विभागले भन्यो: जथाभावी इनर्जी ड्रिङ्क्स नपिउनुस्

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जथाभावी इनर्जी ड्रिङ्क्स...

क्यानाडामा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड हुने

टोरन्टो (क्यानाडा) : सिजन मिडिया प्रालिको आयोजनामा क्यानाडाको टोरन्टोमा...

ड्रोन दृश्यमा हेर्नुस् दर्शकले खचाखच भरिएको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत...

धेरै पढिएको