एजेन्सी – ब्राजिलले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । आईतबार राति माराकाना रंगशालामा भएको खेलमा पेरुलाई ३–१ गोल अन्तरले पराजित गर्दै ब्राजिलले सन् २००७ पछि पहिलो पटक घरेलु मैदानमा कोपा अमेरिकाको उपाधि उचालेको हो ।

प्रतियोगितामा अन्डरडग टिमको पहिचान बनाउँदै ४४ बर्षपछि फाईनल पुगेको पेरु उपाधि जित्नबाट बञ्चितनै रह्यो ।

ब्राजिललाई १२ बर्षपछि कोपा अमेरिकाको उपाधि जिताउन ग्याब्रियल जिससले नायकत्व प्रर्दशन गरे । उनले एक गोल गर्नुका साथै एक गोलको अवसर सिर्जना गरेपछि ब्राजिलले फाईनल खेलमा सहज जित दर्ता गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here