रामेछाप – नेपाल जेसिजकाे क्षेत्र (ग) सम्मेलन रामेछापकाे मन्थलीमा हुने भएकाे छ । यहि भदाै ९ र १० गते ठिमीमा भएकाे सम्मेलनले यस्ताे निर्णय गरेकाे हाे ।
नेपाल जेसिजकाे आयाेजना तथा ठिमी जेसिजकाे आतित्थ्यतामा भएकाे बर्ष २०२० काे क्षेत्र (ग) काे सम्मेलनले आगामी बर्ष २०२१ काे श्रेत्रीय सम्मेलन रामेछापकाे मन्थली गर्ने निर्णय गरेकाे हाे । काेभिड १९ का कारण यश वर्षको क्षेत्र (ग) काे सम्मेलन भने सम्बन्धित क्षेत्र अन्तर्गतका शाखा अध्यक्षहरुकाे मात्र सहभागीतामा सम्पन्न भएकाे छ ।
जेसिजमा आवद्व युवाहरुकाे नेतृत्व र व्यक्तित्व बिकास गर्दै युवालाई उद्यमसिलतासँग जोड्नका लागि उक्त सम्मेलन रामेछापमा गर्न लागिएकाे रामेछाप जेसिजका अध्यक्ष गाेपल खड्काले बताउनु भयाे ।
नेपाल जेसिजकाे आयाेजना तथा रामेछाप जेसिजकाे आतित्थ्यतामा हुने उक्त सम्मेलनमा क्षेत्र (ग) अन्तर्गतका ३३ वटा शाखाहरुकाे ५०० देखि ७०० जना प्रतिनिधिहरुकाे सहभागीता रहने छ । नेपाल जेसिजकाे क्षेत्रीय सम्मेलन मन्थलीमा भने पहिलाे पटक हुन लागेकाे हाे ।
