काठमाडौँ – आज बिहीबार सुन चाँदीको मूल्य घटेको छ । बुधबार तोलाको ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले घटेर ९४ हजार ५ सयमा झरेको हो । तेजावी सुन पनि आज तोलामा २ सयले नै घटेर ९४ हजार रुपैयाँ पुगेको छ ।
चाँदीको मूल्य पनि आज २५ रुपैयाँले घटेर तोलामा ११ सय ७५ रुपैयाँ कारोबार भईरहेको छ।
